मुगु जिल्लामा रोपाइको चटारो विहान देखि बेलुकासम्म कृषकहरु खेतबारिमै

 मुगु,जेठ २७ ।यति बेला मुगु जिल्लाका कृषकहरु विहान देखि बेलुका सम्म राेपाइकाे चटाराेमा लाग्ने गरेका छन्। मुगुका  चार ओटा पालिका छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका,सोरुगाउँपालिका र मुगमकार्मरुङ गाउँपालिका मध्यको सबै भन्दा खेति याेग्य जमिन भएकाे खत्याड गाउँपालिकामा जेष्ठ ,असार महिनाको सिजनमा कृषकहरू बिहान देखि बेलुका स्मम मानु राेपेर मुरी फलाउने लक्ष्यका साथ अहिले खाइ नखाइ खेतवारीमा अस्तब्यास्त बनेर काम गरि रहेका छन्।    

 

बिश्वमा फैलिएको कोरोना भाइरसका कारण अहिले धानराेप्ने बेलामा पनि सामजिक दुरी कायम गरि, लकडाउनको पालना गर्दै धान रोपाइमा केही ढिला सुस्ति गरीएको स्थानीय बासिन्दाकाे भनाइ रहेकाे छ। धान रोप्ने बेलामा इष्टमित्र छर छिमेकीलाइ बोलाउने गरीन्थ्यो र बाजागाजाका साथ ३० देखि ६० जना धानराप्ने  (रोप्न्यारी) ५ देखि १० जना सम्म गाेरू जात्ने (हली) लगाएर रोपाइ गर्ने प्रचलन रहेको छ।

नेपाल सरकारले लकडाउनको घोषणा गरेर २५ जना भन्दा बडिको भिड भाड नर्गने निर्देशन दिए पछि हलि रोप्नेरीको अभाबमा रोपाइ गर्न बाध्य भएकाे र राेपाइ गर्न कठिनाइ भएको स्थानीय बासिन्दा कर्ण बहादुर टमटाले बताएका छन् ।

 

यो सालमा लामो समय सम्म बर्षा लागे पछि खेतमा लगाएको गहुँबाली पाक्न ढिलो भए पछि काचो गहूँ बाली टिपेर हतार- हतार मा रोपाइ गर्न परेको कृषकहरुले तथा स्थानीय बासिन्दाले  बताएका छन् ।