खत्याड गाउँपालिका विकास भन्दा नागरिक बचाउने अभियानमा

 -गणेश टमटा

मुगु,जेठ २८ । खत्याड गाउँपालिकामा अहिले विकास भन्दा पनि नागरिक बचाँउने कार्यमा सक्रिय भएको छ। गाउँपालिकामा कोरोना कहरले प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर घरपरिवारलाइ खानको जोहो गर्ने दलित तथा बिपन्न परिवारलाई केही सहज होस् भने उदेश्यका  साथ क्रमगत रुपमा राहात बिरतण देखि स्वास्थ्य सामाग्री सम्मको ब्यावस्था मिलाएको गाउँपालिकाले जनाएको छ। 

 

मुगु जिल्लाको खत्याड गाउँपालिकाका ११ ओटा वडामा बसोवास गर्ने ९ सय दलित घरपरिवार र ३ सय ५० दैनिय अवस्थामा रहेका गैरदलित र दलित गरि १२ सय ५० घर धुरीलाइ लकडाउनको वेला राहात बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ। 

 

त्यस पछि गाउँपालिका भित्रका एकल महिला, अपाङ्ग र जेठ नागरिकहरुलाई राहात बितरण गरिएको खत्याड गाउँपालिका अध्यक्ष उब्जन बहादुर शाहीले बताउनु भयो । भोक र रोग बाट नगरिक बचाउँनका लागि गाउँपालिकाबाट संचालन भएका केही महत्वपूर्ण विकास निर्माणका कार्य बिराहाइटो पावर बस्ति बिस्तार लगाएतका कार्यहरु रोक्का गरेर पहिले जनताको ज्यान जोगाउने अनिमात्र विकास निर्माणका काम गरिने  गाउँपालिका अध्यक्षले बताउनु भयो।

 

कोरोना भाईरसले अझै जरा गाड्न सक्ने र लकडाउनको अबधि थपिने भएकाले विकासका योजना कामभन्दा नागरीक बचाउन हाम्रो जिम्मेवारी रहेको खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले बताउनु भयो।

 

लकडाउनको अबधिमै भारत र नेपालका विभिन्न ठाउबाट खत्याड गाउँपालिकामा आएका ११ सय भन्दा बढी नागरिकलाई ब्याव्था मिलाउनको लागि स्थानीय सरकारका जनप्रतिनीधिहरु आफ्नो ज्यानको प्रभाह नगरि लागि पेरेको अध्यक्ष  शाहीले बताउनु भयो।