ठगी गरेको अभियोगमा जनही १४४६ वर्ष लामो कैद

एजेन्सी।थाइल्यान्डको एक अदालतले विहिवार एउटा रेस्टुरेन्टका दुईजना मालिकलाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा जनही १ हजार ४ सय ४६ वर्ष लामो कैद तोकेको छ । गत वर्ष लाएमगेट सिफुड रेस्टुरेन्टले अनलाईन मार्फत अग्रिम भुक्तानी खाना प्रवर्धन कार्यक्रम संचालन गरेको थियो ।

 

थाइ संचार संस्था पिबिएसका अनुसार करिव २० हजार व्यक्तिले १६ लाख अमेरिकी डलर बराबरको भौचर खरिद गरेका थिए । तर पछि कम्पनीले ग्राहकको माग पूरा गर्न नसकेकाले रेस्टुरेन्ट बन्द गर्ने घोषणा गरेको थियो । हजारौँ व्यक्तिले यस प्रति आपत्ति जनाउँदै प्रहरीमा गुनासो गर्न पुग्दा एपिचार्ट बोवोर्नवान्चारक र प्रापास्सोर्ने बोवोर्नवान्चा नामक ती मालिकद्वयलाई गिरफ्तार गरिएको थियो ।

 

कुनै पनि अपराधमा दोषी ठहरिएका व्यक्तिलाई प्राप्त उजुरी संख्याको आधारमा यति धेरै लामो कैद संजाय हुनु कुनै नौलो कुरा भने होइन । तर जेहोस् थाइल्यान्डमा सार्वजनिक अपराधका लागि अत्यधिक जेल संजाय सिमा २० वर्ष मात्र हो ।

 

रेस्टुरेन्टले गतवर्ष १० जनाका लागि सामान्य मुल्य भन्दा धेरै सस्तो अर्थात २८ डलरमा उपलब्ध गराउने वाचा गरेको थियो । तिनीहरुका कम्पनी लाएमगेट इन्फाइनाइटलाई पनि १८ लाख भाट जरिवाना र कम्पनी र त्यसका सह संचालकहरुलाई क्षतिपुर्ति सहित ग्रहकहरुलाई २५ लाख भाट तिर्न पनि अदालतले आदेश दिएको छ।