कोरोना संक्रमण थप ३८० जनामा पुष्टि ,संक्रमितको संख्या ६५९१ पुग्यो

 काठमाडौं,असार,२ । नेपालमा पछिल्लो २४ घण्टा ‍‍थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

 

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।यसअघि हिजो ४५१ जना संक्रमित थपिएका थिए।त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।

 

विभिन्न अस्पतालहरुबाट मंगलबार ११७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। जसमा ८ महिला र १०९ पुरुष छन्।यी सहित निको हुनेको संख्या १ हजार १५८ जना पुगेका छन्।