नेपाली सेनालाई कारागार,महत्वपूर्ण प्रतिष्ठान र आयोजनाको सुरक्षाको जिम्मा

 काठमाडाैं,असार २ । नेपाली सेनालाई कारागार, महत्वपूर्ण प्रतिष्ठान र आयोजनाको सुरक्षाको जिम्मा केही समयको लागि दिइएको छ ।

नेपाल सरकारको निर्णय अनुसार शशस्त्र प्रहरीलाई सीमा क्षेत्रको जिम्मा दिइएकोले केही समयको लागि नेपाली सेनालाई कारागार, महत्वपूर्ण प्रतिष्ठानको जिम्मेवारी दिइएको राजदल गणका प्रमुख उत्तम सापकोटाले बताए ।

 

शशस्त्र प्रहरीको संख्या कम भएको र देशमा कोरोना भाइरसको संक्रमण बढेकोले शशस्त्र प्रहरीहरु सीमा सुरक्षाका लागि खटिनु पर्ने भएकोले मन्त्रिपरीषद्को निर्णय अनुसार शशस्त्र प्रहरीलाइ केही समयको लागि फिर्ता बोलाइएको छ।हाल ३१ वटा कारागारमा सुरक्षार्थ नेपाली सेनालाई खटाइएको छ ।