भारत-चीन भिडन्तमा २० भारतीय सैनिक मार्ने चिनियाँ हतियार, यस्तो रहेका छन्

एजेन्सी।सोमबार लद्दाखस्थित गलवान घाँटीमा भारत–चीनका सेनाबीच भएको झडपमा चिनियाँ सैनिकले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।

 

उक्त झडपमा कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको थियो। बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार सो झडपमा प्रयोग भएको भारतीय सैन्य अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।