अंग्रेजसंग लड्ने कि नलड्ने भन्ने बारेमा २०६ वर्ष अघि राजदरबारमा यस्तो बहस भएको थियो ?

नेपाल र अंग्रेज कम्पनी सरकारको विरुद्ध लडाईं शुरु हुनु अघी सन १८१४ अप्रिलमा राजदरबारमा अंग्रेजहरुसँग लड्ने कि नलड्ने भनेर वैठक भएको थियो। उक्त वैठकमा विभिन्न व्यक्तिले बोलेका कुरा कम्पनी सरकारका अनुसार निम्नलिखित थियो।

 

राजा गिर्वाणस् गोरखपुर नजिकको जमिन कब्जा गर्न गभर्नर जनरलले त्यहाँको जज र कलेक्टरलाई आदेश दिएका छन। लड्नुपर्छ कि जस्तो छ। मलाई के सल्लाह दिन्छौ?

 

भिमसेन थापास् तपाई र तपाईंका पुर्खाको भाग्यले कसैले पनि यस देशलाई अहिलेसम्म केही गर्न सकेको छैन। चिनियाँहरु लड्न आए तर सकेनन। अंग्रेजहरु त झन हाम्रो जस्तो पहाडमा कसरी छिर्न सक्लानरु हामी ५२ लाख जना देशवासीले तिनिहरुलाई यहाँँ आए भने निकाल्नेछौं।

 

मान्छेले बनाएको भरतपुर (राजस्थान) को किल्ला त अंग्रेजले जित्न सकेन (सन १८०५ को घटना) भने स्वयं भगवानका हातले बनाएको हाम्रो काठमाडौं उपत्यका जस्तो किल्ला झन के सक्ला रु त्यसैले लड्नुपर्छ। काजी रणध्वज सिंह थापास् भिमसेन थापाले भनेको सहि हो।

 

सिकन्दर (ब्भिहबलमभच तजभ नचभबत) पनि दुनियाँँ राज्य जित्न सफल भएपनी पहाडका राज्य जित्न असफल भएका थिए। एउटा कुरा चाँही ध्यान दिनुपर्छ। हामीले जितेका धेरै पहाडी राजाहरुले अंग्रेजलाई साथ दिएर यहाँँका गुह्य कुरा बताए भने हामीलाई गार्‍हो पर्ला। त्यसैले बरु अहिले अंग्रेजकै कब्जामा भएका केही जमिन दिएर भएपनी केही समयलाई अंग्रेजसँग संबन्ध राम्रो बनाउने कि?

 

राजगुरु रंगनाथ पंडितस् हुन त राजाले भनेको कुरा नै अन्तमा हुने हो, तर मेरो विचार सोधिहाल्नुभएकोले केही भनौं। आजसम्म हामीले चाहेका कुरा हामीले पाएका भएपनि अब चाँही अंग्रेजले आफ्नो चाहना अनुसारको सिमानामा हामीलाई सहमत नगराई नछोड्ने बिचार लिएको छ जस्तो मलाई लाग्छ। बरु लखनौका नबावको गोरखपुर सिमानाको जुन जमिन हामीले कब्जा गरेका छौं , त्यसको आधा दिएर सम्झौता गरौं। नत्र हामीलाई हाम्रो तराईमा भएको जमिन बचाउन गार्‍हो हुन्छ। पहाडमा भने हामी डराउन पर्दैन।

 

काजी दलभञ्जन पाँडेस् गुरुजीलाई अंग्रेजको बारेमा राम्रो थाहा छ, तिनिहरु दुश्मन हुन भन्ने सोच्नुहुन्छ। त्यसो हो भने के हामी उनीहरु भन्दा कमजोर छौं र हामीले हाम्रो जमिन छोड्नेरु हाम्रो देश तिनिहरुले त्यसै पनि आक्रमण गर्न सक्दैनन।गरे भने तिनिहरुलाई हामीले जसरी पनि हट्न वाध्य तुल्याउनुपर्छ।

 

एकपटक हाम्रो देशमा छिरे भने यहाँँ धेरै अस्थिरता मच्चिनेछ। यदी तराइमा मात्र आक्रमण गर्ने उनीहरुको लक्ष रह्यो र त्यहाँ उनीहरुले अशान्ति मच्चाए भने हामीले के त्यहाँ प्रत्याक्रमण गर्न सक्दैनौंरु तिनिहरु तराइ कब्जा गरेर कसरी बस्न सक्लान र?

 

डोटी, कुमाउ र गढवालका गभर्नरहरु हस्तदल शाही, बम शाह र अमर सिंह थापास् हामीलाई हामीसँग भएका अहिलेका जमिन सम्हाल्न नै गार्हो परेको छ। परे त अंग्रेजसँग लडौँला र जितौला पनि, तर यो समय लड्नलाई उपयुक्त छैन। अंग्रेजले कुरा बुझेर लड्न उसलाई सजिलो हुने समय चुनेको छ र यसैले यो लडाईं हामीलाई अप्ठेरो हुनेछ।

 

अंग्रेजले हामीले जितेका पहाडी राजालाई एकिक्रित गरेर हाम्रो जमिन जितेर मात्र छोड्ने छ। हाम्रो अहिले तयारी पनि पुग्दैनस् आजका दिनसम्म हामीले मृगको शिकार गरेका थियौं, अंग्रेजसंग लड्ने भए बाघको शिकार गरेजस्तो तयारी गर्नुपर्छ। हाम्रो सल्लाह के छ भने भर्खर जितेका जमिन फिर्ता गरेर भएपनी अहिले लडाईं नलडौं।

 

लडाईं लड्न थालियो भने हामीले कब्जा गरेका धेरै जसो राज्यमा (अन्योल) अयलागकष्यल हुनेछ, यता हामी भएतिर त्यसै पनि थिती त्यती सजिलो छैन। भिमसेन दरबारमा जन्मे हुर्केकोले लडाईं के हो थाहा छैन। सेनाको जीवन गार्‍हो हुन्छ। अहिले पनि भिमसेन राजाको छेउ दरबारमा बसेर यताको कुरा नबुझी लड्नुपर्छ भन्दैछन।

 

हामी सैनिकको जीवन जंगलमा लड्दै बितेको छ, हातमा बन्चरो लिएर काठ पात काट्दै बितेको छ, लामो समय देखी लडेका हामीलाई थाहा छ कि लडाईं भनेको एकदम गार्‍हो कुरा हो, हाम्रा भर्खर सेनामा आएका जवानलाई त झन यो धेरै गार्‍हो हुन्छ। मालिकको नूनको सोझो हाहाहुहु गरेर हल्ला गर्नेले भन्दा वुद्धिमान र सबैकुरा सोचेर सही सल्लाह दिने सेवकले बढी चिताउछन।

 

(त्यसबेला कम्पनी सरकारको गभर्नर जनरलको अफिसमा भएका हेनरी प्रिन्सेपको किताबबाट, अंग्रेजीबाट नेपालीमा सार अनुवाद)

अर्थशास्त्री डा. विश्व पौडेल,फेसबुक बाट- 

नेपाल समचारपत्रबाट,