मुगु जिल्ला कोरोना मुक्त : स्थानीय बासिमा खुशीयाली

मुगु,असार ५। मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भए पछि रेडजाेनमा परेकाे मुगु जिल्ला अहिले फेरि काराेना मुक्त जिल्ला भएकाे छ।     

मुगुको खत्याड गाउँपालिकामा भारतबाट आएका नागरिकको पिसीआर परिक्षाण गर्दा जेष्ट २२ गते एक जना २७ बर्षका पुरूषमा कोरोना संक्रमणकाे रिपोर्ट पोजेटिभ आएको थियो ।

 

भारतबाट आएका मुगु जिल्लाका १ हजार २७ जनाको बिहबार सम्म कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला गरिएको परिक्षाणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ ।

 

जेष्ट २२ गते खत्याड गाउँपालिका वडा न २ का एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । खत्याड गाउँपालिका २ का एक संक्रमितको द्रोसो रिपोर्ट नेगेटिभ आएपछि मुगु लिल्ला कोरोना मुक्त जिल्ला भएको हाे।

संक्रमित ब्याक्तिको द्रोसो रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यलय मुगुका प्रमुख डा.निर्मल नगरकोटीले बताउनु भयो ।

 

खत्याड गाउँपालिका रातपानीको आइसुलेसनमा बसेर उपचार गराइ रहेका व्यक्तिकाे कोरोना रिपोर्ट नगेटिभ आए पछि । गाउँपालिकामा  बासिमा खुसीयाली छाएको छ।