अमेरिकी उक्सावटमा गलवान उपत्यकामा भारतले गर्यो चीनसंग खिचोला

 – हस्तबहादुर केसी 

 
 
दक्षिण एशिया खन्तर्गत रहेका , आफूभन्दा साना छिमेकी देशहरू नेपाल , पाकिस्तान , श्रीलंका , बंगलादेश , भुटान , मेनमार ( वर्मा ) लगायतका देशहरूलाई हेप्दै र सिमा अतिक्रमण गर्दै र घोर हेपाह प्रबृत्ति प्रदर्शन गर्दै आएको भारतीय विस्तारवादलाई चीन – भारतको सिमावर्ति क्षेत्र गलवान उपत्यकामा चीनद्वारा दह्रो सवक प्राप्त गरेको छ । 
 
 यही २०७७ साल असार १  ( सन २०२० जुन १५ ) गते सोमबार  राति भारतको पूर्वी लद्दाखसंग सिमा जोडिएको वास्तविक नियन्त्रण रेखा ( एलएसी ) मा भारत र चीनका सेना बिच भिडन्त भएको थियोे  सो भिडन्तमा भारतका एक उच्च सैनिक कमान्डर सहित २० जना भारतीय सैनिकहरुको मृत्यु भएको थियोे ।
 
 
चीनले गलवान उपत्यका आफ्नो अधिकार क्षेत्र भित्रको भूभाग बताउदै आएको छ । यस क्षेत्रमा भारतको पनि आफ्नै भूभाग रहेको दावी रहदै आएको छ ।
 
स्मरणीय कुरा के छ भने ” विस्तारवादी नीति ” का कारण सबै छिमेकीसंग भारतक‍ो सीमा विवाद र खिचलो हुदै आएको छ । अहिले चीनसित गलवान उपत्यकामा भारत र चीन बिचको खिचोलो र सैनिक भिडन्त भारतको पुरानै घोर विस्तारवादी नीति र सीमा अतिक्रमणकारी मानसिकताको उपज हो ।
 
 भारतीय विस्तारवादले बेलायती उपनिवेशबाट मुक्त भइसके पछि आफ्नै छिमेकी देश नेपालमाथि सबैभन्दा बढी थिचोमिचो गर्ने , हेप्ने , नेपालमा आफ्नै दलाल सरकारहरु निर्माण गरेर असमान तथा अपमानजनक सन्धि – संझौताहरु थोपर्ने , कोसी , गण्डकी , महाकाली जस्ता नदीनालाहरु एक पक्षीय रुपमा संझौता गराउने गर्दै आएको छ ।
 
त्यति मात्र होइन , भारतीय विस्तारवादले नेपालका शासकहरु नालायक , राष्ट्रघाती , जनघाती , देशद्रोही र बेचुवा रहदै आएका कारण नेपालको झापाको पशुपति नगरदेखि  मानेभञ्ज्याङ हुदै सुस्ता , सुदूरपश्चिमको कञ्चनपुरसम्म  ७१ स्थानमा सीमा अतिक्रमण गरेर ६१ हजार हेक्टर  भन्दा बढि जमिन भारतले आफ्नो कब्जामा राखेको छ ।
 
नेपाल – भारत बिच सीमा छुट्टयाइएको स्थानमा गाडिएका सैयौ जंगे पिलर ( खम्बा ) हरु भत्काउने , यताउता सार्ने जस्ता कुकार्यहरु लाजै नमानेर  गर्दै आएको छ ।
 
नेपालका नदीनालाहरुमा आँखा गाड्दै आएको भारतीय विस्तारवादले जलविद्युत आयोजना ( हाइड्रोपावर ) हरुमा पनि कब्जा जमाउदै आएको छ ।
 
 नेपालको प्राकृतिक साधन – श्रोतहरुमाथि पनि कब्जा जमाउदै आएको छ । अरुण तेस्रो जलविद्युत परियोजना , अपर कर्णाली यसका प्रमुख उदाहरण हुन् ।
 
नेपालको दार्चुला जिल्लाको कालापानीमा ५८ वर्ष पहिलेदेखि भारतीय विस्तारवादले आफ्ना सेनाहरु तैनाथ गर्दै आएको छ । गत वर्ष अर्थात् सन २०१९ नोभेम्बर २ ( बि. सं. २०७६ कार्तिक १६ गते भारत सरकारले नेपाली भूभाग कालापानी , लिपुलेक र लिम्पियाधुरा सहित समेटिएको भूभाग आफ्नो राजनीतिक नक्सा प्रकाशित गर्यो । 
 
भारतीय विस्तारवादको यस प्रकारको नीति र अतिक्रमणका बिरुद्ध नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीअरुले सशक्त रुपमा विरोध गरे । भारतीय विस्तारवादको मिचाह रवैया त छदै थियोे , उल्टै नेपालको भारतीय विस्तारवादको दलाल सरकारले आन्दोलनकारीहरुमाथि भीषण दमन गर्यो ।
 
त्यस्तै २०७७ जेठ २६ गते भारत सरकारले नेपालको लिपुलेक देखि हुम्ला हुदै तिब्बतको मानस‍वर सम्म पुग्ने ८ किलोमिटर बाटो निर्माणको उद्घाटन गर्न पुग्यो । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र जनताको बिरोधको चपेटामा परेर केपी ओली नेतृत्वको दलाल सरकारले अहिले नेपालले विगतदेखि गुमाउँदै आएको कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ नक्सा छाप्यो र संविधान संशोधन गरेर सरकारको निशान छापसम्म पारित गरेको छ । तर भारतीय विस्तारवादवाट सो भूमि फिर्ता ल्याउने बारेमा दलाल सरकारले हिम्मत गर्न सकिरहेको छैन र ओली नेतृत्वको दलाल सरकारले भारतीय विस्तारवादका सामु दब्बु मानसिकता प्रदर्शन गरिरहेको छ ।
 
 
भारतीय विस्तारवादले आफ्ना छिमेकी देशहरुसंग सधै विवादको सम्बन्ध राख्दै आएको कुरा दिनको घाम जत्तिकै छर्लङ्गैै छ नै । यसरी हुने विवादमध्येे पाकिस्तानसंगको विवाद सबैभन्दा जटिल मानिन्छ । काश्मीर क्षेत्रको विवाद सबैभन्दा जटिल विवाद रहदै आएको छ ।
 सो क्षेत्र अन्तर्गत भारतले जम्मू र काश्मीर कब्जा गरेको छ भने पाकिस्तानले पनि काश्मीर र गिल्गित – बल्तिस्तान क्षेत्र कब्जा गर्दै आएको छ । 
 
अत: यी क्षेत्रहरुका लागि दुई राष्ट्र बिच तीन पटकसम्म युध्द समेत भइसकेको छ । काश्मीर विवाद मात्र होइन , भारतीय विस्तारवादको पाकिस्तानसंग सियाचिन हिमनदी , साल्टोरो पर्वत र सर क्रिक दहमा समेत विवाद रहदै आएको छ ।
 
त्यस्तै भारतीय विस्तारवादले  भारतको मणिपुरसंग जाोडिएको म्यानमार ( वर्मा) को काबा उपत्यका र नामफोलुङ गाउँका साथै तमु क्षेत्रका सीमामा भारतले म्यानमारसंग अनावश्यक विवाद गर्दै आएको छ ।
 
 त्यस्तै भारत र  श्रीलंकाको सिमानामा पर्ने निर्जन भूमि कच्छथिभुमा पनि भारतीय विस्तारवादले विवाद गर्दै आएको छ ।
  साथ  भारत र बंगलादेशको सीमामा पर्ने दक्षिण तालपट्टिमा समेत विवाद गर्दै आएको छ ।
 
त्यस्तै भुटानको भारतसंग सीमा विवाद खासै नरहे पनि चीनसंग भुटानको सीमा विवाद भने रहदै आएको छ । विशेषगरी चीन  – भुटानको दोक्लाम क्षेत्रमा यी दुई देश बिच सीमा विवाद कायमै छ । यता भारतले यो विवादमा भुटानलाई चीनसंग मिल्न नदिने अनेक षड्यन्त्र गर्दै आएको छ । गत वर्ष यो विवादमा भारतले भुटानको सीमामा आफ्नो सशस्त्र सैन्य बल पठाए पछि त्यतिबेला भुटान सशंकित बनेको थियोे  । पछि भुटानले भारतीय सैन्य बललाई सो स्थानबाट फर्काएको थियोे ।
 
 यसरी भारतीय विस्तारवादी शासकहरुले आफ्ना सबै छिमेकी राष्ट्रहरुसंग सम्बन्ध विगार्दै आएको । अर्काको भूमिप्रति लाक्षी दृष्टिकोण राख्दै आएका कारण विश्व स्तरमै भारत दुष्ट छिमेकीका रुपमा भारत संसारमै पहिलो नम्बरमा पर्दछ  । दुष्ट छिमेकीका रुपमा नाम कमाउने देशमा भारत विश्वमै नम्बर १ मा पर्दछ  ।
 
 अहिले भारत र चीनको बिचमा गलवान उपत्यकामा किन विवाद शुरु भयो र सैनिक भिडन्तसम्म पुगेर भारतले आफ्नो एक जना उच्च सैनिक कमाण्डर सहित २० सैनिकहरु गुमाउनु पर्यो भन्ने विषय बढी महत्त्वपूर्ण छ ।
 
वास्तविकता के हो भने यतिबेला गत डिसेम्बरमा चीनको वुहान शहरबाट उत्पन्न भै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID – 19)  लेे विश्वभर ८७ लाख पन्चानब्बे हजार ३२ जनामा संक्रमित भएकोमा ४ लाख ६३ हजार  दुई सय साठी जनाको ज्यान गएको र ४६ लाख ५३ हजार ८२१ जना उपचार पछि घर फर्किसकेका भए पनि COVID – 19 सन्त्रास विश्वव्यापी रुपमाा अझै लामो समयसम्म कायमै रहने संभावना छ । किनभने एकातिर संक्रमणको गतिमा केही कमि आएको भए पनि यसको उपचारको निम्ति आौषधि पत्ता लागि नसकेकाले जोखिम दीर्घकालीन हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
 
विश्वमा कोरोना कहरको भयावह कायमै रहेको अवस्था पारेर अमेरिकी साम्राज्यवादले भारतीय विस्तारवादलाई उक्साए र चीनका बिरुद्ध खडा गरेर भारत र चीनको सीमामा पर्ने विवादित भूभाग गलवान क्षेत्रमा दुई देशका बिचमा भिडन्त बनाएर यही मौकामा चीनलाई तह लगाउने उध्द्श्येले यो षड्यन्त्रको तानाबाना बुनेको पुष्टि हुन पुगेको छ ।
 
 तर चीनद्वारा भारतले ठूलै झापड खानु परेकाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले गलवान उपत्यका सैनिक भिडन्तबाट ठूलै सबक पाएका छन्  । 
 
 उन्मत्त साँढेले त्यत्तिकै भित्तामा सिंगौरी खेल्दा सिङ फुस्किए पछि जुन परिणाम प्राप्त गर्दछ , त्यही नियति अहिले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले भोग्न बाध्ये हुनु परेको छ । 
 
मिति : ७ असार २०७७ 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।