चुनौंतीको गर्वमा लुकेको अवसर !

आज विश्व कोरोना कहरको मारमा छ।विभिन्न काल खण्डका सुपरपावर देश बेलायत,जर्मन, रूस,जापान,लगायत मौजुदा सुपरपार अमेरिकाको अवस्था जटिल छ।चिनले आफुलाई कोरोनाबाट मुक्त भएको घोषणा गरेता पनि आर्थिक अवस्था बाट भने माथी उक्लन सकेको छैन।

आफुलाई दक्षिण एशियाको शक्तिशाली देश ठान्ने भारतको अवस्था दिन प्रतिदिन भयाबह हुँदै गइरहेको छ।राजनीति ,साँस्कृतिक ,आर्थिक , शिक्षा ,स्वास्थ,रोजगार ,टेक्नोलोजी र सैने शक्तिको हिसाबले आफुलाई संसारकै देशहरु मध्य सम्पन्न ठानिने युरोपियन देशहरुको हालत राम्रो छैन।आफ्ना देशका नागरिक लाई बचाउनको लागि निरन्तर लागि रहेका छन्।

 

कोरोनाको भ्याक्सिन पत्ता लगाउनको लागि नुहारन देखिको वल लगाएर काम गरिरहे पनि अहिले सम्म कसैलाई सफल्ता हात पर्न सकेको छैन।नेपालमा कोरोना दिन प्रतिदिन बढी रहेको छ कम हुने नाम लिन मानि रहेको छैन। बैदेशिक रोजगारमा गएका युवाहरु नेपाल फर्कि रहेका छन्।

भारतबाट दिन दुई गुना रात चौगुनाका रुपले युवाहरु पनि त्यसै गरी फर्कि रहेका छन्। केही दिन अगाडि प्रवासमा रहेका युवाहरु संग ब्याक्तिगत रुपले अनलाइनमा कुरा भइरहदा उनी अरुको मत थियो अब स्वदेश भित्रैं केही गर्ने विदेश भुलेर पनि नजाने।विश्वभर कोरोनाले धेरैको घर उजाड गरेको छ भने लाखौं लाखलाई नौकरी बाट बिमुख गरेको छ।

अमेरिकामा मात्रैं  १५ लाख देखि २० लाख मानिसहरु रोजगार विहिन भएका खबरहरु मिडियाबाट सार्वजनिक भएकाछन्।यस्को असर नेपालमा पर्नु कुनै आश्चायको कुरा भएन।कोरोना दिन प्रतिदिन आफ्नो उन्नत रुपलियर आफ्नो साम्राज्य फैंइलाई रहेको छ।

जुन लकडाउन अहिले हुनु पर्दथ्यो त्यो नभएर झन सरकारले अहिले खुकुलो बनाउने नितिका कारण फितलो र भद्रगोल भईरहेको छ।बिदेश बाट स्वदेश आउने युवाहरुको संख्या बढी रहेको छ।कतार,दुवई,कुबेत,मलेसिया, साउदी अरवमा विभिन्न कारण जेलमा रहेका नेपाली लाई आम माफी दिएका छन् ।जेलमा रहेका नेपाली तथा नौकरी गुमाएका नेपाली हरुलाई आफ्नै जहाजमा बाट उद्दार गरेर उक्त देशहरुले नेपाल पठाइ रहेका छन्।

 

  नेपाल सरकारको ७७/७८ को आर्थिक बटेट भर्खरै सन्सदबाट पारित भएको छ। तर उक्त आर्थिक बजेटको चौतर्फी विरोध पनि भएको देखिन्छ।उक्त बजेटले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने कुरामा उल्लेखिए भुमिका नखेल्ने जानकारहरु बताउछन्।नेपालमा अौधोगिक कलकारखनाहरु पनि पहिलेकै अवस्थाबाट सन्तुलित प्रकारले चल्न सकेका छैनन्।

नेपाल सरकारले सोचेको जस्तो प्रकारले कर उठाउन सकेको छैन।अस्ति मात्रै अर्थ मन्त्रीले सरकार चलाउन मुस्किल भएको कुरा प्रतिनिधि सभाको बैठकहलमा सार्वजनिक गर्नु भयो छ। लकडाउन खुकुलो पारेर व्यपार ब्यबसाय पेशालाई पहिलेकै मुलधारमा उभाउने प्रयत्न गरेता पनि बजारमा मान्छेहरुको आवत जावत तथा किनमेल गर्नेहरुको पुर्णरुपमा अभाव देखिन्छ।

कोरोनाको त्राहिमामको छाँया अझै मान्छेहरुको दिलबाट हट्न सकेको छैन।कोरोनाको च्यादरले लपेटेपछि केहोला भन्ने डरले हरेक मान्छेको दिल दिमागमा डेरा जमाएको छ।कोही क्वारिनटिन र कोही क्वारिटिन मुक्त पश्चात् आत्महत्या गरेका समाचार सार्वजनिक भएका छन् भने कोही अस्थायी जागिर बाट निकालिए पछि आत्मदाह गरेर मरेका घटना पुराना भई सकेका छैनन्।कोरोनाको कारणले भन्दा आत्म हत्या गरेर मर्नेहरुको संख्या धेरै छ भन्नेकुरा पनि बाहिर आएकाछन्।

जस्को मुलकारण हरिवी हो भन्दा अन्यथा नहोला। सरकारले यो कुराको सत्य तथ्य बाहिर ल्याउनु पर्छ।शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बन्चितहुन नपाउन भनेझै यो भयाबह परिस्थिति तथा भोलि सृर्जना हुने जटिल परिस्थिति मा पनि नेपालका नागरिक लाई कुनै पनि कुराको अभाव हुन नदिने र गाँस,बाँस,कपास, स्वाथ्य ,शिक्षा ग्यारेन्टीको जिम्मा सरकारले लिनु पर्छ।

कृषीमा आमुल परिवर्तन गर्नका लागि राज्यकै निकायबाट सातवटै प्रदेशमा उत्पादन ब्रिगेड निर्माण गर्नु पर्छ जस्को माध्यम द्वारा कृषिले आधुनिक छलाङ्ग लगाओस र विश्वको नजरमा नेपाल कृषि देशको रुपमा मात्रै नभई नेपालले कृषि बाट उत्पादन भएका बस्तुलाई निर्यात गर्न सक्ने हैसियतमा उभाउन सक्नु पर्छ।

जस्को प्रभाव हरेक ग्रामिण बस्तिमा परोस र नेपालीहरुको कृषि मोहमा ध्यानाकर्षण होस जस्को माध्यम धेरै भन्दा धेरैलाई स्वर‍जगार बनाउन सकियोस।सरकारले बिग्य प्राविधिकहरुको छलफल गराएर नेपाल आयात मुखी भन्दा निर्यात मुखी हुने गुरु योजना बनाएर अघि बढ्नु पर्छ।नेपालको वनजंगल बाट प्राप्त घाँस लाई मल तथा  दूध, मासुमा रुपान्तरण गर्न सकेको खण्डमा देशका आधा बेरोजगार युवालाई पशु तथा कृषि क्षत्रमा स्वरोजगार बनाउन सकिन्छ।भौतिक पुर्वाधार विकाश निर्माणको लागि सरकारले छुट्टै निर्माण दस्ताको गठन गर्नु पर्छ।

बेरोजगार युवाहरु स्वरोजगार हुनका साथै देशको माटोमा पसिना बगाएर नयाँ नेपाल निर्माणमा आफुले पुरायको योगदानको गर्व गर्न सकुन।उद्योक कलकारखना र कृषिमा आधिबेहरी नल्याए सम्म देशले फड्को मार्ने कुनै सम्भावना छैन।अर्काको मुख ताकेर देला र खाउलाू भन्ने आषमा बस्नु ठिक होइन।

भारतबाट अलग भएका देश पाकिस्तान भारतिय गाडीहरु चलाउदैन उस्ले आफ्नै देशमा स्वदेशी बस,ट्रक,कार,रिक्सा,साइकल मोटरसाइकल उत्पादन गर्छ।ल्याउनु परे उस्ले अन्यदेशबाट महंगा कारहरु मात्रै खरिद गर्छ।भले भारतको दाजोमा पाकिस्तानको करेन्सी कमजोर छ  र पनि पाकिस्तान भारतलाई हरेक दृष्टिकोणबाट टक्कर दिई रहेको हुन्छ।चाहे सैने तागतहोस या परमाणु हतियार बनाउने सवालमाहोस।उता बंगलादेश पनि म्यनुयुफ्रेंक्चिरिंग तथा कृषि उत्पादनमा आत्मनिर्भर बनिरहेको छ।

यो उनी हरुको राष्ट्रिय स्वाभिमानको कुरा पनि होला।भारतिय नागरिकको जिडिबी भन्दा बंगलादेशी नागरिक हरुको जिडिबी धेरै माथी छ।हुन दुबै देश भारतबाट छुट्टियका देशहरु हुन र पनि राष्ट्र राष्ट्रियता र जनजिविकाको सवालमा नेपाल भन्दा सबल देखिन्छन्।नेपाली जनता राष्ट्रियताको सवालमा शासक भन्दा जिम्मेवार देखिन्छन् तर शासकले बेलाबखतमा गरेका राष्ट्रघाती सन्धि सम्झौता बाट त्रसित छन्।

जनताको व्यापक दबावका कारण नयाँ नक्सा सन्सदबाट पारित भएको छ। अतिक्रमित भुभाग फिर्ता गरेर नेपाली जनता बिश्वको सामु खुशी साट्न चहान्छन् तर सासको व्यवहार प्रति भने नेपाली दाजु भाईहरु बिसस्त हुन सकेका छैनन्।कोर‍ोनालाई बिनासकारी महामारीका दृष्टिकोणले मात्रै हेर्नू हुदैन।यद्यपि कोरोनाको भयाबह परिस्थितिका बिचबाट प्रधानमन्त्रीले भन्ने गरेका नारा ूसमृद्ध नेपाल शुखी नेपाली लाई पुर्णतामा बदले भने देशको विजय हुने छ।भोको पेटले राष्ट्रियता बचाउन लडेका नागरिकहरुको स्वाभिमानीको अौचित्यता तब पुस्टी हुनेछ।

देश बनाउनको लागि ज्यान कुर्वानी गर्ने शहिदहरुको सपना साकार हुनेछ।हरेक चिजको अन्तय र सम्भावना विषम परिस्थितिकै गर्व मा लुकेको हुन्छ।प्रतिकुल समयलाई अनकुल बनाउन सक्नुनै कुसल शासकको पहिचानहो।दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई तहस नहस नगरेको भए सायद जापान यो अवस्थामा आउन अझै केही समय लाग्थ्यो होला! आज जापानिज कार मोटर देखी हरेक बस्तुहरु हरेकका आँखामा सुन्दर लागग्छन्।

तुलनात्मक रुपले विश्वकै देशहरु मध्य जापानलाई हेर्ने दृष्टिकोण हरेकको फरक छ।जापानिज सामानहरुको महत्व विश्वका जुनसुकै कुनामा अलग प्रकारको छ।ह्वाइट मनी भनिने(पानी)लाई ब्यबस्थापन राज्यले गर्न सकेको छैन।संसारकै सस्तो परियोजना अपर कर्णालिलाई भारतिय कम्पनी जि.एम.आर ले ओगटेर राखेको छ।उक्त परियोजना लाई स्वदेशी लगानीमा नै सन्चालन गर्नु देश हित अनुकुल छ।

आज राष्ट्रियतालाई सर्वपरी ठान्दै भारत र चिनको सिमा बिबादका कारण चिनियाँ सामान भारतमा प्रतिबन्ध लगाउने र भारतमा रेललाइन निर्माणको लागि सम्झौता भईसकेको चिनियाँ कम्पनिको ठेक्का बदर गर्ने काम भारतले गरेको छ। भारतले नेपालमाथी हरेकपटक विभिन्न बहानामा दु:ख दिने काम गरेको छ। र पनि हाम्रा सासकहरु भारत प्रति उदासिन देखिन्छन्।

नेपाली कृषिले उत्पादन गरेका तरकारी फलफुल कुईएर खेर जान्छन् तर नेपालीको आयु घटाउने बिषादी युक्त फलफुल तरकारी नेपाल भित्र आयात गर्न सरकार सहज बनाउछ।भारतिय उत्पादनलाई निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई सरकारले कहिले प्राथमिकता दिने?हिजो बीटीस इष्ट इन्डिया कम्पनीको  पतन हिन्दुस्तान बाट भए पछि यदि महात्मा गान्धीले चर्खाको बिकास गरेर भारत लाई आत्मनिर्भर बन्ने बाटोमा अगाडि बढाए।बाहिरिने पुँजुलि लाई स्वदेशमै रोकेर उक्त पुँजिलाई देश विकासमा लगाउने बाताबरण बनाए।

भारतका हरेक ग्रामिण गाउँ- गाउँमा चर्खाको बिकास गरेर गरिब भारतिय बेरोजगार  जनतालाई स्वरोजगार बनाउने कार्यको थालनि गरे र भारत त्यसैको अनुसरण गर्दै आज यो अवस्थामा पुग्न सफल भएको छ।त्यसैले नेपाललाई आत्मनिर्भर बनाउनको लागि हरेक गाउँलाई लक्षित गरेर स्वदेशी उत्पादनमा नगरिक लाई समाबेश गराउनु पर्छ।

अल्लो बाट उत्पादन हुने सामानलाई अझै आधुनिककरण गर्न जरुरी छ र सबैले अल्लो तथा स्वदेशी उत्पादनबाट उत्पादित भएका सामानलाई प्रयोग गर्ने नेपाली भावनाको विकास सबैको मनमा हुन जरुरि छ।यस्ले नेपाली राष्ट्रियता र नेपाली मौलिक्ताको पहिचान पनि झल्काउने छ।साना तथा मझौला उद्योग लाई पनि सरकारले बढवा दिनु पर्छ।

 

जडिबुटीहरु किलोको हिसाबले बेच्छौ र तोलाको हिसाबले किन्ने परिपाटीको बिकाश भएको छ ।यस्लाई तुरुन्त रोकेर प्रशोधन पश्चात् मात्रै बाहिर पठाउने वातावरण सरकारले बनाउनु पर्छ।काउलो सतुवा,खिरौल‍ो बाट के बन्छ नत नेपालका जडिबुटी बिशेषज्ञ लाई थाह छ नत राज्य चलाउने शासकलाशई।कौडिको भरमा जडिबुटी लाई बेचेर बिदेशीलाई मोटाउने सिबाए राज्य ब्यबस्थाले अरु केही गरेन त्यसैले सरकारले जडिबुटी प्रशोधन गरेर बाहिर निर्यात गर्नेकुरामा पहल कदमी गर्नु पर्दछ।

 

अनिमात्रै देश समुनत र सम्वृद्ध हुन सक्छ।अब प्रधानमन्त्रीले उखान टुक्का गरेर होइन प्रयोगको विधिबाट खारिएर देशलाई रुपान्तरण गर्ने उच्च वलका साथ अघि बढ्नु पर्दछ। स्वदेश तथा बिदेश बाट आउने बेरोजगार युवालाई बिकास निर्माण, उद्योग कलकारखना र कृषि पेशामा संलग्न बनाउनु पर्छ।अन्यथा यिनै बेरोजगार युवाहरुले भोलि आउने चुनाबमा तपाईंहरुको लगाम खिचेर तख्ता पल्टाउने कुरामा दुईमत छैन।त्यसैले एक घण्टा निदायर ८ घण्टा सोच्नको लागि सरकारमा रहेका शासकले सोच्न जरुरी छ र कोरोना महामारीले हाम्रो अगाडि चुनौती मात्रै दिएको छैन ईतिहासले वनाउने स्वर्णिम अवसर पनि हाम्रो काँधमा सुम्पेको छ।