गण्डकी प्रदेशमा थप २५ कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार १२। गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।

 

शुक्रवार बिहान जारी विज्ञप्तिमा तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि भएका हुन् ।

 

सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।