ललितपुरमा कोरोना संक्रमणबाट २९ वर्षीय युवाको मृत्यु

सांकेतिक तस्विर

ललितपुर,असार १५ ।ललितपुरमा कोरोना संक्रमणले थप एकजनाको मृत्यु भएको छ । स्टार हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

रौतहट हतुवा विजयपुर नगरपालिका ७ का ती युवाको स्वास्थ्यमा समस्या देखिएपछि रौतहटबाट काठमाडौंकाे वीर अस्पतालमा उपचार गराइ रहेका थिए ।

 

उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार बेलुका  ६ बजे थप उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।
अस्पतालको भेन्टिलेटमा उपचारकै क्रममा ती युवाको राति १० बजे मृत्यु भएको र उनको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्राेतले जनाएको छ ।

 ती युवाको शव व्यवस्थापनको लागि नेपाली सेनाको स्पेशल युनिट परिचालन गरिएको छ । कोरोनाको कारण युवाको मृत्यु भएपछि सुरक्षित रुपमा शव व्यवस्थापन गराउन नेपाली सेना राजदल गणको युनिट खटिएको राजदल गणका प्रमुख उत्तम सापकोटाले जानकारी दिएका छन्।