एमसीसी घोर राष्ट्रघाती संझौता

     

प्रेस विज्ञप्ति :

   संयुक्त राज्य  अमेरिकी आर्थिक सहयोग परियोजना     Millennium Challenge Corporation ( एमसीसी) ) लाई हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र (International Writers And Journalists Centre) ले विश्वका  विभिन्न गरीब तथा पिछडिएका राष्ट्रहरुमा सम्बन्धित देशका आफ्ना दलाल शासकहरुलाई आर्थिक प्रलोभन देखाएर विकासका नाममा आफ्नो सैन्य साझेदारी गर्ने बहानामा साम्राज्यवादी  उपनिवेशिक नीति तथा दास्वत्व थोपर्ने संयुक्त राज्य अमेरपकनको एक राष्ट्रघाती एजेन्सी भएको ठहर गर्दछ ।

 
    एमसीसी परियोजना संयुक्त राज्य अमरिकी सरकारको एक सैन्य रणनीतिको अंग भएकोले अमेरिकाले त्यस मार्फत् जुन जुन देशहरुमा णपरियोजनाहरु भित्र्याइयो ती ती देशहरुको राष्ट्रिय स्वाधीनता ध्वस्त पारिदिएको इतिहास छ । जस्तै – इराक र अफगानिस्तानलाई ध्वस्त पारिदियो भने पछिल्लो अबधिमा सिरियाको समस्यालाई हेर्न सकिन्छ ।
 
  जसरी अहिले नेपालका आफ्ना दलाल शासकहरुलाई ५० करोड अमेरिकी डलरको हरियो घाँस देखाएर उक्त घोर राष्ट्रघाती एमसीसी परियोजना नेपालमा भित्र्याएर अमेरिकाले नेपालमाथि आफ्नो साम्राज्यवादी उपनिवेशिक नीति लाद्न चाहिरहेको र एमसीसी परियोजना हिन्द प्रशान्त सैन्य रणनीतिकै अंग भएका र चीनले एक क्षेत्र एक बाटो   (बिआरआई) को मान्यता लिएर अघि बढिरहेको बेला चीनका विरुद्ध परिलक्षित भएको र नेपालको लागि पञ्चशीलको सिध्दान्तको बिपरित समेत भएकोले हाम्रो छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र यस परियोजनालाई घोर राष्ट्रघाती परियोजना भएको ठहर गर्दछ । साथै यो संझौताले नेपाललाई अमेरिकाको सैन्य क्रिडास्थल बनाउने खतरा भएको र नेपालको राष्ट्रिय स्वाधीनता ,सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि गंभीरआघात पुर्याउने र नेपाललाई अमेरिकी साम्राज्यवादको कठपुतली देशको हैसियतमा पुर्याउने खतरा निश्चित भएकोले सो  राष्ट्रघाती MCC परियोजना अमेरिकासित संझौता गरिसकेको देखिएकोले यस राष्ट्रघाती संझौतालाई तुरुन्तै फिर्ता गर्न ओली सरकारसंगआग्रह गर्दछ र नेपाली जनता तथा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको ११ दलीय संयुक्त मोर्चाले यस राष्ट्रघाती संझौताका विरुद्ध सञ्चालन गर्दै आएको संघर्षप्रति ऐक्यबद्धता जाहेर गर्दछ । धन्यवाद ।
 
  मिति : १० असार २०७७ (२४ जुन २०२०)                                     
                                          
 
                             ( हस्तबहादुर केसी )
                                  अध्यक्ष 
                        अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                   काठमाडौं , नेपाल 
          International Writers And Journalists
                           Kathmandu , Nepa/=