१३ बर्षीय बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा ५० बर्षिय बृद्ध पक्राउ

पर्वत,असार १५ । पर्वतको जलजला गाउँपालिकामा १३ बर्षिया बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा ५० बर्षिय बृद्ध पक्राउ परेका छन्। जलजला गाउँपालिका वडा नं २ घर भै वडा नं ४ मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्राउ गरेकाे हो ।

 

दमाईले असार १३ गते राती ८ बजेको समयमा सोही ठाउँ बस्ने १३ बर्षिया बालिकालाई मकैबारीमा लगेर यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ।आरोपित दमाईलाई स्थानियले नै पक्राउ गरेर प्रहरीमा बुझाएका थिए ।

 

प्रहरीले म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिनुएकाे छ।