खत्याड गाउँपालिकामा कोरोना रोगथाममा सहास नेपालको अहम भुमिका 

मुगु,असार १५। मुगुको खत्याड गाउँपालिकामा कोरोना भइरस (कोभिड १९) नियान्त्रणमा सहयोगी हातहरुको समूह सहास नेपाल(इलिप)परियोजाले अहम भूमिका खेलेको छ ।

 

बिश्वमा फैलिएको कोरोना भइरस (कोभिड १९) बाट नागरिकलाइ सुरक्षित राख्न र कोरोनाको संक्रमणलाइ नियान्त्रणमा लिनको लागि खत्याड गाउँपालिकाले खत्याडका बिभिन्ना ठाउँका क्वारेन्टाइन निर्माण गरेको थियो।

 

भारत र नेपालका बिभिन्ना जिल्ला बाट खत्याडमा आउने नागरिकको संख्या बडे पछि खत्याड गाउँपालिका संग एकद्वार प्राणाली भएर क्वारेन्टाइन निर्माण र कोरोना विशेष रेडियो जिङगल प्रशारण गरेर पम्पलेट टासेर आदान प्रदान गरेर नागरिकलाइ कोरोना भाइरस बाट बचाउन गाउँपालिका संगको समन्वयमा लागि परेको सहयोगि हातहरुको समूह सहास नेपालले बताएको छ ।

कोरोना कोभिड १९मा परेर दैनिक ज्याला मजदुरी गर्ने कृषकहरुलाइ सहास नेपालले पलास्टिघर र मौसमि तथा बेमौसमि गरि नौ परिकारका तरकारिको बीउ बितरण गरेको छ।

 

कोरोना बाट प्रभाबित र लकडाउनका बेला पनि काम गर्न मिल्ने र आर्थिक आम्दानी बडाउने लक्ष्य राखेर खत्याड गाउँपालिकाका वडा न ३,४,६,७,८,९,१०,र ११ वडामा तरकारिका बीउ बितरण गरिएको र यस्तै विभिन्न आयआर्जनका लागि जुत्ता सिलाइ ब्यावसाय कपाल काटने सैलुन आरन र सिलाइ कटाइमा आर्थिक तथा भौतिक सहयोग गरेर ब्यावसायिलाइ सहज बनाएको सहयोगि हातहरुको समुह सहास नेपाल (ईलिप)परियोजनाका परियोजना अधिकृत नवीन अधिकारीले बताउनु भयो ।

उहाका अनुसार बिश्वमा फैलिएको कोरोना कोभिड १९ ले अझै नागरिकलाइ असर पार्ने गरि फैलिएमा खत्याड गाउँपालिका संग समन्वय गरि २ सय घर धुरिलाइ ३० के जी का दरले  चामल बितरण गर्ने र गाउँपालिकालनइ स्वास्थ्य सामाग्री समेत बितरण गरिने परियोजना अधिकृत नवीन अधिकारिले जानकारी दिनु भयो।