आफ्ना कम्जोरीहरुलाई ढाकछोप गर्न केपीद्वारा भारतलाई आरोप

 
वर्तमान  दलाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री खड्ग प्रशाद शर्मा ओलीले आफूले गर्दै आएका राष्ट्रघात , जनघात , नेपाली जनता प्रति गर्दै आएका जनविरोधी , राष्ट्र विरोधी जाल झेल , ढाँट, छुल्याईँँ , फटाँई , कुतर्क , बेमानी , छलकपट , महाभ्रष्टचारीहरुको बचाऊ र संरक्षण , हत्यारा – बलत्कारीहरुको बचाऊ संरक्षण गर्ने र भ्रष्टाचारीहरु र हत्यारा – बलत्कारीहरुलाई प्रोत्साहन गर्ने , कोरोना भाइरस व्यवस्थापन , क्वारेन्टाइन र आइसुलेसनमा भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचार , अनैतिकता , लापरबाही , बदमासी , ठगी आदिलाई बचाउन र अपराधीहरुलाई बचाउने , प्रोत्साहित गर्ने , प्रधानमन्त्रीको हैसियतमा रहेर भाइरसले ज्यान गुमाएका नागरिकहरुलाई “कोर‍ोना भाइरस बाट होइन , अन्य रोगले मरेका हुन ” भनेर अत्यन्तै घृणाप्रद र बेइमानीपूर्ण अभिव्यक्त दिदै हिड्ने , ” बेसार खाएर , हाच्छिऊँ साच्चिऊँ गरे कोरोना भाइरस भागी हाल्छ ” भनेर अत्यन्तै हास्यास्पद अभिव्यक्त दिदै , उट्पट्याङ कुरा गर्दै हिड्ने जस्ता गैरजिम्मेवार र नालायक कुरा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई हसयाँउदै हिड्ने गरेका कारण प्रधानमन्त्री केपी ओली ज्यादै नांगिएका छ र नेपाली जनता र उनकै पार्टीबाट व्यापक रुपमा विरोध र आलोचना भए पछि आफ्ना यस प्रकारका जनतालाई ढाँटेर, छलेर बेइमानीपुू्र्ण तरिकाले नांगिए पछि  आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गर्ने , लुकाउने र देश र जनताका बिचमा बढो जिम्मेवार ,नैतिकवान , इमानदार , देश प्रमी – जनप्रेमी देखिन र सबै खाले अपराधहरुलाई लुकाउन र छिपाउनका लागि उनले ” मलाई भारतले प्रधानमन्त्री पदबनट हटाउन थाल्यो ” भन्दै कोहोल‍ो मच्चाउदै , र‍ोई कराई गर्दै हिडेका छन् र भारतलाई दोषी देखाएर जनताको बिचमा प्यारो र इमानदार देखिने र सत्ता जोगाउने , कुर्सी जोगाउने नियतका सात ” भारतले मलाई प्रधानमन्त्री पदबनट हटाउन थाल्यो भनेर बकवास गरिरहेका छन् खड्ग प्रशाद ओलीले । 
 
 साथै दलाल सरकारका प्रधानमन्त्री ओलीले ” भारतले आफ्नो नक्सामा समेटेको नेपाली भूमि कालाप , लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटिएको नक्सा पारित गरे पछि मलाई हटाउन  थाल्यो ” भनेर हल्लाह गरेर नेपालको राजनीतिलाई तरंगित गराउने र आफ्ना कम्जोरी र अपराधहरुलाई ढाकछोप गर्ने मनसायले खत्यन्तै उट्पट्याङ र झुट प्रचार गर्दै हिडेका छन्  उनी ।
 
 
 नयाँ नक्सा छपाई पछि भारतीय विस्तारवादी शासकहरुको एउटा पनि रौ हल्लीएको देखिएको छैन । किनभने भने नयाँ नक्सा छपाउदैमा नेपाली जनताले ५८ वर्ष देखि गुमाउँदै आएको उक्त भूमि फिर्ता हुनेवाला छैन र नालायक अर्थात् दलाल सरकारले भारतसित एक फोन पनि गरेको छैन । प्रधानमन्त्री केपी ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक कल।फोन गर्ने आटसम्म गरेका छैनन् , अनि कसरी डराउछन् भारतीय विस्तारवादी भारतीय शासकहरु र केपी ओलीलाई हटाउन थाल्छन् ? सब उनको झुट र ढाँट कुरा बाहेक केेेेही होइन र नेपाली जनतालाई मुर्ख बनाउने केपी ओलीकोक‍‍‍ ध्रुर्तपूर्ण चालवाजी हो कुर्सी जोगाउनका लागि ” खुट्टीदेखि पत्याँए ” भने झै केपी ओली राष्ट्रियताको सवालमा  कति दह्रो आँट र मुटु भएका नेता हुन भनेर २०५३ साल अस‍ोज ४ गते मध्यरातमाा महाकाली सन्धि गर्नेवेलाको  विस्तारवादी भारतीय शासकहरुे राम्रोसग नचिनेका होइनन् । नेपाली जनताको आँखामा छारो हाल्न र नेपाली जनतालाई मुर्ख बनाई राख्नकाकाा लागि केपीले षड्यन्त्रका षड्यन्त्रमा उत्रिएका छन् । यो बेकारको हल्लाह ह‍ ओलीको ।
 
आफ्नै दलाल सित किन डराउने भयो ? र भारतीय सरकार र ओली सरकारबाट हटाउन थाल्ने भयो र ! 
 
भारतसित अहिले नै भौतिक तथा फौजी लडाइँ लडेर नेपाल सरकारले भारतद्वारा हडपिएको भूमि कालापानी , लिपुलेक र लिम्पियाधुरा समेतको भूमि फिर्ता ल्याउने अवस्था पनि होइन , पहिलो नम्बरमा त कुटनैतिक वार्ता , छलफलद्वारा ल्याउने हो । यो तरिकाबाट भारत नेपाली भूमि फिर्ता दिन तयार भएन भने भारतका विरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा मुद्दा हालेर , अन्तर्राष्ट्रिय अदालत ( हेग) मा ठिंग्याएर उभ्याएर , उसलाई विबस पारेर फिर्ता ल्याउने कुरा हुन सक्छ । 
 
 
  यति गर्दासम्म पनि भारत नेपाली भूमि फिर्ता गर् तयार भएन , झनै कठोर बन्दै गयो भने नेपाल भारतसित  भौतिक तथा फौजी तयारीका साथ भीषण राष्ट्रिय युध्द लडेर फिर्ता ल्याउने आँट गर्नुपर्ने हुन्छ र यो कुनै रहरको विषय नभएर बाध्यात्मक अवस्था हुनेछ । यो कुरा अहिले नै कुनै नेपालीले सोचेको पनि छैन र त्यस प्रकारको नकारात्मक सोंच  धारणा पनि कसैले गराउनु हुदैन । लडाइँ त अन्तिम विकल्प मात्र हो । 
 यस्तो सरल स्तथिति मै केपीसित भारत डराउछ र उनलाई हटाउने खेल खेल्छ । यी त केपी ओलीका बेतुका कुरा हुन । जनतालाई उल्लु बनाउने , मुर्ख बनाउने चालवाजी मात्र हो । 
 
 यो भनिरहेको बेला भारत ठिक छ । भारत सध्ध्ये छ , निकै राम्रो छ , भारतले नेपालको हित बाहेक केही सोच्दैन र नेपाललाई खुबै माया गर्दछ भारतले भन्न खोजेको होइन । भारत नेपालका लागि अत्यन्तै दुष्ट मित्र राष्ट्र हो  । उसले नेपाललाई सरल तथा सोच्छ मनले कहिल्यै पनि सोझो आँखाले हेर्ने गरेको छैन ।
 
 
   भारतले सधैं नेपाललाई हेप्दै र थिचोमिचो गर्दै आएको छ । नेपालको ७१ स्थानमा सीमा अतिक्रमण गर्दै आएको छ । भारतीय विस्तारवादले नेपालको करिब ६० हेक्टर जमिन अतिक्रमण गरेको । कोसी , गण्डकी , महाकाली तथा कर्णाली नदीहरुमा नेपालका नालायक तथा राष्ट्रघाती , देशघाति एवं देश द्रोही शासकहरुका कारण नेपालमाथि यति गंभीर प्रकारका सन्धि संझौताहरु गराउदै आएकै नेपाली जनता ज्यादै पीडित छन् , उपेक्षित बन्दै आएका छन् । यो लडाइँ त नेपाली जनताको लागि दीर्घकालीन अवस्थाको छ । यो लडाइँ जारी छ , यहाँ भारतको नेपाल विरोधी गतिविधिको बचाउ गर् खोजिएको होइन । जहासम्म केपी ओलीले आफ्ना कम्जोरीहरु , जनविरोधी , राष्ट्रविरोधी अपराधपूर्ण कार्यहरुलाई ढाकछोप गर्ने मनसायले ” भारतले मलाई हटाउन खोज्यो ” बेतुकका बकवासहरु गर्दै हिडेका कारण यी हरफहरु लेख्ने जमर्को गरिएको हो ।
 
 
   यहानिर मुख्य कुरा के हो भने वर्तमान दलाल सरकारका प्रधानमन्त्री खड्ग प्रशाद ओली यभारतीय विस्तारवादका Nomber One का दलाल हुन् । २०५३ सालमा महाकाली सन्धिमा गरेको गंभीर प्रकारको राष्ट्रघातका बारेमा आजसम्म ” मैले गलती गरे ” भनेर आत्मालोचना गरेका छैनन् , आफूबाट कम्जोरी भएको छ भनेर कतै पनि एक शब्द पनि बोलेका छैनन् । भारतलाई महाकाली नदी विना मूल्य भारतलाई त्यति ठूलो सहयोग गरेका खड्ग प्रशाद शर्मा ओलीलाई के खाएर भारतले उनलाई हटाउन तिर लाग्थ्यो ।
 
केटाकेटीले पनि नपत्याउने उट्पट्याङ कुरा गर्दै हिडेका छन् ओली । यही कुरा साँचो होकि आफ्ना कम्जोरीहरु र जनविरोधी काम कार्वाहीहरुलाई ढाकछोप गर्ने र कुर्सी बचाउने चालबाजीका कारण नेपाली जनतालाई भेडा बाख्रा ठानेर मुर्ख बनाउने र आफू मात्रै सबैभन्दा जान्ने बुझ्ने , टाँठो बाँठो कहलाउने, आफै शासक बन्ने , आफै डाक्टर बन्ने , आफूू मात्रै राजनीतिज्ञ भएको दावी गर्ने र अरु केही होइनन् भन्ने ठान्ने अत्यन्तै उट्पट्याङ गफ दिदै नेपाली जनतालाई मुर्ख बनाउने , उल्लु बनाई राख्ने कलाहिन नाटक प्रदर्शन गर्दै हिड्ने गरेको हुनाले यी हरफहरु लेख्ने कोसिस गरिएको छ ।
 
 
यहाँ निर केपी ओली प्रधानमन्त्री बनिरहुन ।या हटुन नेपाली जनताको लागि चिन्ताको विषय होइन । किनभने गत सन २०१९ को डिसेम्बरमा चीनको वुहान शहर बाट उत्पन्न भएको कोरोना भाइरस ( COVID – 19 ) ले विश्व व्यापी रुपमा महामारीको रुपमा  २१५ देश र दुईवटा पानी जहाजमा फैलियो र आजसम्म विश्वभर संक्रमित १०,४२६०७५ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५०८५२० जना पुगेको छ र उपचार पछि ५६८१७०० जना रहेका छन्  ।
 
नेपालमा पनि संक्रमितको संख्या १३२४८ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या २९ जना पुगिसकेको छ । र उपचार पछि ३१४३ जना घर फर्किसकेको अवस्था छ ।
 
कोर‍ोना भाइरस (  COVID – 19 ) संक्रमित हुने र ज्यान गुमाउने संख्या केही घटेको भए पनि दूर भविष्यसम्म कायमै रहने देखिन्छ । यस महामारीको आौषधि पत्ता लागि नसकेका कारण पनि ज‍खिम मुक्त संसार बन्ने संभावना कम छ ।
 
यहाँनिर अर्को बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा के छ भने COVID -19 को महामारी र जोखिम बाट जनतालाई जोगाउन र बचाउन साम्राज्यवादमा गिरिसकेको पुँजीवाद पूर्ण रुपमा असफल भइसकेको छ र यसको विकल्पमा वैज्ञानिक समाजवाद मात्र साधन हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।
 
 जहाँसम्म “मलाई  पार्टी भित्रबाट हटाउन ख‍ोजियो ” केपी ओलीको भनाई त्यो उनीहरूको कुकुरे कलह , बिलो लुछाचुडीको झकडा हो । सत्तामा बसेर नेपाली जनताको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउन पाएकाहरु र नपाएहरुको बिचको लडाइँ हो । जनताको सम्पत्तिमाथि लुटेको रजाइँ गरेकाहरु र लुट्न नपाएकाहरु बिचको लडाइँ हो , कुकुरे कलह हो  । सत्तामा बसेर राष्ट्रको ढुकुटीमाथि लुटतन्त्र मच्चाउने र लुटतन्त्र मच्चाउन नपाएकाहरुको बिचको लडाइँ हो ।
 
 यस बाहेक कुनै देश र जनताको हित र भलाईका निम्ति गरिएको वैचारिक , राजनीतिक लडाइँ होइन , स्वार्थीहरु , पदलोलुपहरु बिचको लडाइँ हो । पद , प्रतिष्ठा र राष्ट्रलाई लुट्न पाएकाहरु र लुट्न नपाएकाहरु बिचको लडाइँ हो । यस प्रकरको लडाइँ प्रति जनताको कुनै मतलव छैन । किनभने सत्ताधारी नामधारी डब्बल नेकपाका नेताहरुलाई , तिनका मन्त्री र माननीय र जनप्रतिनिधि भनाउँदाहरुलाई नेपाली जनताले राम्रोरी चिनिसकेका छन् , देखि सकेका छन् । त्यस कारण उनीहरू बिचको लडाइँमा जनताको कुनै सरोकारको विषय होइन ।
 
 
   किनभने विश्व व्यापी रुपमन महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( COVID-19 ) को संक्रमन र जोखिमबाट हाम्रो देश पनि अछुतो रहेन । माथि नै उल्लेख गरिएको छ कि ठूलै महामारीका रुपमा फैलिन । ओली नेतृत्वको दलाल सरकारको जनविरोधी र नालायकि व्यवहारका कारण नेपालमा पनि कोरोना कहरले निकै धाजनको क्षेति पुर्याइसकेको छ र यसको संक्रमण जोखिम अरु बढेर जाजे सम्भावना कायमै छ ।
     देश र जनताक‍ो यति ठूलो क्षति हुनुको पछाडि दलाल सरकारक‍ो जनविरोधी र गैर जिम्मेवार प्रबृत्ति मुख्य कारण बनेको छ ।
 
 
 समयमै भारततिरको नाका व्यवस्थापन राम्रो र वैज्ञानिक ढंगले गरेको भए , भारत प्रवास सहित वैदेशिक रोजगारीमा गएका हाम्रा मजदुर दाजुभाइ दिदीबहिनीहरुको समयमै वैज्ञानिक ढंगले व्यवस्थापन गरिदिएको भए नेपाली जनताले यति ठूलो सास्ती र कष्ट व्यहोर्नुपर्ने पर्ने थिएन ।
      अर्कोतिर सत्ताधारी पार्टीका नेता , मन्त्री ,माननीयहरु ,सथानीय तहका जनप्रतिनिधिहरु र कर्मचारी तन्त्रका भ्रष्ट कर्मचारीहरु यही महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( COVID – 19) को नुहुँमा करोडौं , अरवौको भ्रष्टाचार गर्ने खेलमा ज्यान फालेर लागि रहेका छन् । 
 
 
  ओम्नी नामको कृते कम्पनी खडा गरेर चीनबाट कोरोना भाइरस रोगथामका लागि चिनबाट आौषधिजन्य सामाग्री खरिद गर्ने नाममा रक्षा मन्त्री , स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयका भ्रष्ट कर्मचारीहरु मिलेर करोडौंको भ्रष्टाचार गरियो । ती भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कार्यवाही गर्नुको बदला प्रधानमन्त्री मन्त्री केपी शर्मा स्वयं खुला रुपमै अपराधीहरुलई जोगाउन र बचाउन तिर लागि रहेका छन् ।
 
 मजदुर तथा निमुखा , काम गरी जीवन गुजारा गर्नेहरुका निम्ति सरकारले राहात वितरण गर्ने सवालमा निकै पक्षपात गरियो । जनतालाई कुहिएको , सडे गलेको दाल चनाल खुवाइपो । राहत वितरणमा पनि ठूलो भ्रष्टाचार गरियो साथै एकातिर कोरोनाा भाइरसको महामारीका नेपाली जनता त्राही त्राही भएर ठूलो संकट र जोखिमको अवस्थाले गर्दा सन्त्रस भइरहेको मौका छोपेर कोरोना सहयोगका रुपमा विविध क्षेत्रबाट  ुु्जजम्मा हुन आएको ठूलो धन राशिमाथि  लुटपाट मच्चाउने घृणित कार्य गरियो ।
 
    
एकातिर जनता कोरोनाकोो कहरले आतंकित भएको अवस्थामा सत्ताधारीहरुमा दशै तिहार नै आयो । कहाँबाट कसरी लुट्ने भन्ने बाहेक अरु संस्कार र प्रबृत्ति हावीी भइनै रहयो । यो गरीब मानसिकताको उपज हो ।
 
गलत सरकारी रबैया र दलाल सरकारकको जनताप्रतिको रमिते प्रवृत्तिका कारण नेपाली जनताले ठूलो दुख , कष्ट व्यहोर्नुपर्ने भयो 
ओली नेतृत्वको  सरकार दलाल सरकार भएकोले जनताको समस्या समाधान गर्ने तिर नलागेर रमिते भएर बस्यो । दलाल सरकारको चरित्र पनि रमिते हुन्छ ।  ओली नेतृत्वको दलाल सरकार नेपालमा पनि कोर‍ोना भाइरस ( COVID – 19 ) को संक्रमण र जोखिमबाट नेपाल राष्ट्र र नेपाली जनतालाई जोगाउन र बचाउन पूर्णरूपमा असफल भइसकेको छ । 
 
 
नेपालमा पनि प्राकृति प्रकोप जस्तैः कोरोना भाइरस लगायतका मानवीय तथा वर्गीय समस्याहरुबाट नेपाली जनतालाई मुक्त र स्वाधीन बनाउनको निम्ति वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प छैन भन्ने विषयमा पनि कोरोना कहर पनि एउटा प्रमाण पुष्टि भएको छ । यर परिघटनाले जनताको सशक्त विद्रोहलाई निम्त्याइसकेक‍ो छ । नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विगतका कमीकमजोरीबनट शिक्षा लिदै एकताबद्ध भएर महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने आँट , साहस र योजनाका सात अगाडि बछ्नुको विकल्प छैन 
 
( लेखक: अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।