कोरोना संक्रमण थप ४८२ जनामा पुष्टि,उपत्यकामा भेटिए १७ संक्रमित कहाँ–कहाँ कति थपिए संक्रमित 

 काठमाडौं,असार,१७ ।कोरोना भाइरस (कोभिड–१९) पछिल्लो २४ घण्टामा थप ४८२ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

याे सँगै संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म १४ हजार ४६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ। उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।

कहाँ–कहाँ थपिए संक्रमित  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०र२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११र११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

 

यस्तै, स्याङ्जा र गुल्मीका ८र८ जना, कास्की, गोरखा, बाग्लुङका ३र३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २र२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

उपत्यकामा भेटिए १७ संक्रमित

 काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको काठमाडौं उपत्यकाको ठेगाना भने मन्त्रालयले खुलाएको छैन ।