आज मिति २०७७ साल असार १९ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

मिथुन – योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

 

सिंह –मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

 

तुला – आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

 

धनु –आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

 

कुम्भ – आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

 

वृष- आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

 

कर्कट- शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

 

कन्या – जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

 

वृश्चिक- शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

 

मकर- आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

 

मीन- मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ ।