थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,कहाँ कति थपिए संक्रमित ,थप दुई जनाको मृत्यु

काठमाडौं,असार २० ।नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ। 

कहाँ कति थपिए संक्रमित  

मन्त्रालयका अनुसार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ।

 

यससँगै कुल संक्रमितको सख्ंया १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेन सन्टरबाट २७२ जना डिस्चार्ज भएका हुन् ।

थप दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

 

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार गोरखा पालुङटारका युवा असार १७ गते कतारबाट आएका थिए । उनी मधुमेहका बिरामी पनि थिए । असार १९ गते अस्पताल भर्ना भएका उनको आज बिहानै मृत्यु भएको थियो ।

 

त्यसैगरी असार १७ गते काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका एक व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ ।

 उनी रुपन्देहीको देवदह नगरपालिकाका व्यक्ति भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको मृत्यु भएको भोलिपल्ट बिहीबार मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

याे सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।