आज आइतबार सुनचाँदी कतिमा किनबेच हुँदै छ ?

काठमाडौं,असार २१ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु ९१ हजार सातसय रुपैयाँमा पुगेको सुनको भाउ सो पश्चात केहि घट्न थालेको हो ।

 

शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

 

पछिल्लो समय डलरको भाउ केहि घटेकाले नेपाली बजारमा सुन केहि सस्तो भएको सुनचाँदी व्यवसायी बताउछन् । यद्यपि, ९० हजारको भाउ भनेको अझै धेरै महँगो रहेको व्यवसायी बताउ छन्। आइतबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।