नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १५७८४ पुग्यो,कहाँ कति थपिए संक्रमित

काठमाडौं, असार,२१ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । याे ससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना छन् ।

डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक/एक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।