के सत्ता परिवर्तन जनचाहना हो ?

 
 
लामो समयको शक्ति संघर्ष र अनेकौ व्यवस्था परिवर्तनपछि  आयको आशाको किरणले आम जनताको मुहार चम्किलो त छदै थियो छिनछिनमा फेरिने सत्तामा पूर्णविराम लागेकोमा हामी जनता खुसी थियौं ।सत्ताको बागडोर निश्चित समय एउटा व्यक्तिमा जानुपर्छ भन्ने जनचाहना बमोजिम स्थायी सरकार बन्नु सफलता थियो। २०७४ सालको संसदीय निर्वाचन र त्यसको परिणामले अब केही हुन्छ भन्ने आश आम जनसमुदायमा थियो । विकास र समृद्धि गुञ्जित भाषण र शक्तिशाली सरकारको समिस्रण वास्तवमै आस लाग्दो ..अझै पनि लागिरहेको छ। तर वर्तमान राजनीतिक रस्साकस्सीले  राजनितिप्रतिको बितृष्णा चरम उत्कर्षमा पुर्याउन थालेको छ ।
 
विश्व कोभिड १९ को महामारीमा फसेको छ, नेपालमा पनि दिनप्रतिदिन यस्को जोखिम बढिरहदा यस्ले अर्थतन्त्र डामाडोल पारेको छ, रोजगारी सिर्जना नहुँदा बेरोजगारी दर उत्तिकै बढिरहेको छ, विप्रेषण कै आधारमा चलेको देशमा विप्रेषण आय घट्दो क्रममा छ। तर वर्तमान राजनीतिक चटारो विरक्त लाग्दो छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति र जनताको म्यान्डेट अनुरुप कार्य सम्पादन नगर्ने प्रवृत्ति पुरानै देखिन्छ । अब सत्ता परिवर्तन भन्दा व्यवस्था परिवर्तनको माग जोडदार उठ्न खोजेको सामाजिक सञ्जालबाट स्पष्ट देखिन्छ ।
 
अहिलेसम्मकै शक्तिशाली सरकारका रूपमा स्थापित वर्तमान सरकारले महत्वाकांक्षी घोषणा गर्ने तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो साथै विभिन्न राजनीतिक संरक्षण आलोचना योग्य बिषय हुन। देशको महत्वपूर्ण घडीमा बेमेलबाट बन्ने सरकारलाई पनि काम गर्ने मौका अवस्य मिल्ने छैन् । वर्तमान संकटको घडिमा सत्ता परिवर्तनले राज्यभार अझै बढ्नेछ , सिंहदरबारमा फोटो झुण्ड्याउन र नामका लागि हुने सत्ता परिवर्तनको अपेक्षा आम जनताले कदापी गरेका छैनन् । 
 
गरेका गल्ती कमजोरी को आत्मआलोचना साथै हटाउनु जरुरि छ, बिगतमा  बन्ने गरेका क्षणिक सरकारको परम्परा तोडिनु जरुरि छ , स्थायी सरकार ५ बर्ष सम्म चल्नुपर्छ र त्यसले गरेका राम्रा नराम्रा कामको मुल्यांकन अर्को चुनावमा हुनेछ ।
 
कुनै पनि सरकारले गरेका राम्रा कामको समर्थन नगर्ने र  सरकारले गरेका नराम्रा कामबाट सरकार स्वयमले आत्मआलोचना नगर्नुले समृद्ध नेपाल निर्माण हुन्छ भन्ने आशामा बसेका नेपाली जनतामा नकारात्मक असर परेको छ । व्यवस्था परिवर्तनका लागि गरेको लामो संघर्ष र हजारौं जनताको वलिदानिबाट आयको गणतन्त्र वर्तमान राजनीतिबाट लज्जित बनिरहेको छ ।
 
यसप्रकार सत्ताको बागडोर सम्हालेका ले देश र जनताको भलो नसोच्ने साथै सत्ता बाहिर हुनेले असहयोग गर्ने प्रवृत्तिको परिणाम आगामी चुनावमा देखिने नै छ। व्यक्तिगत रुपमा जो सुकै भएपनि वर्तमान सरकार ५ वर्ष चल्नु अपरिहार्य छ । स्थीर मानियको सरकार ढलायर तपाईं प्रधानमन्त्री बन्ने सपना देख्नु भयको छ भने नेता ज्यू…छाड्दिनुस जनताले अवस्य अस्विकृत गर्नेछन।