क्रान्तिकारी माओवादी निकटअखिल (क्रान्तिकारी)ले शुल्क असुलीको विरोधमा प्याब्सनको कार्यालयमा धर्ना

काठमाडौं,असार २२ ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले जथाभावी शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै सोमबार डिल्लीबजारस्थित प्याब्सनको कार्यालय अगाडि केहीबेर धर्ना र नाराबाजी गरेको छन्।

 

सांकेतिक रुपमा गरेको विरोध कार्यक्रमको नेतृत्व संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले गरेका थिए । गजुरेलको नेतृत्वमा प्लेकार्डसहित विरोध प्रदर्शनका लागि पुगेका विद्यार्थी नेता कार्यकर्ताहरुले निजी शैक्षिक संस्थाहरुका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

धर्ना तथा विरोध कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले महामारीको बेला अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले शुल्क असुली तत्काल बन्द नगरे संगठनले कडा संघर्ष र कारबाही गर्ने चेतावनी दिएका छन्।  

सरकारी विद्यालयहरु क्वारेन्टिन बनाउने निजी शैक्षिक संस्थाहरु अनलाइन कक्षाको नाममा लुट मचाउने गरेर शिक्षामा विभेद गर्न खोजिएको भन्दै कडा शब्दमा विरोध गरेका छन्।