आर्थिक अबस्था कमजाेर भएका दलित महिलालाइ नि:शुल्क सिलाइ कटाई तालिम सञ्चालन


मुगु,असार २३। खत्याड गाउँपालिका दलित डेक्स द्वारा ११ जना दलित महिलाहरु लाई सिलाई कटाई तालिम संञ्चालन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यल सुर्खेतको आर्थीक सहयोग र खत्याड गाउँपालिका दलित डेक्सको साझेदारीमा खत्याड गाउँपालिकाका ११ वडाका ११ जना दलित महिलाहरुलाइ सिपमुलक तालिम संञ्चालन गरि आत्म निरभर बनाउने उद्देश्यका साथ प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।

 

आर्थिक अबस्थामा नाजुक रहेका दलित समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ खत्याड गाउँपालिकाले ११ जना दलित महिलाहरुलाई निशुल्क सिलाइ कटाईका लागि २ महिने तालिम संञ्चालन गरिएको खत्याड गाउँपालिका दलित डेक्स कार्यालय सदस्य सचिव धिरज नेपालीले बताएका छन्।

 

आठ सय दलित बस्ति भएको खत्याड गाउँपालिकामा कोरोनाबाट प्रभावित भएकालाई गाउँपालिकाले विभिन्न किसीमका आएआर्जन मुलक कार्यक्रम संञ्चालनमा ल्याएर प्रत्येक्ष लाभाम्बित बनाएको खत्याड गाउँपालिका अध्यक्ष उब्जन बहादुर शाहीले बताउनु भयो।