आज बस्ने नेकपा स्थायी कमिटिको बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, असार २४ । नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) स्थायी कमिटि बैठक जेठ २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।

पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो ।

 

विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

 

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । पार्टी भित्र देखिएको असमझदारी हटाउन अध्यक्षा द्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएको जानकारी दिए ।