आज मिति २०७७ साल असार २५ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष- आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

 

मिथुन –आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

 

सिंह – कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

 

तुला –आज समाजसेवामा मन लाग्नेछ । छोटो र रमाईलो यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

 

धनु –आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

 

कुम्भ -चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

 

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

 

कर्कट- आज यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थयको ख्याल गर्नु पर्ला ।

 

कन्या- शुभारम्भको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

 

वृश्चिक- शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

 

मकर – पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

 

मीन- आज स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । – ज्यो.प.। नारायणप्रसाद दुलाल