नेपाली बजारमा सुन,चाँदीको भाउ अहिलेसम्मकै उच्च

 काठमाडौं,असार,२५ । आज  नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ बुधबारको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

 

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ र लकडाउनकै कारण सुनको कारोबार ठप्प रहेको महासचिव बज्राचार्यको भनाइ छ ।

 

दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार गरेको उनले सुनाए ।‘