आज मिति २०७७ असार २७ शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष-एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

 

मिथुन- रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

 

सिंह- आज मनपरेको खनेकुरा खान पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलतापनि सफलता मिल्न सक्छ ।

 

तुला-महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ।

 

धनु- आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

 

कुम्भ-धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ।

 

वृष- आज पारिवारिक जमघटमा समय बित्नेछ । खेतिपातीको कार्यबाट सफलता पाईनेछ । बौद्धिक विकास होला । धार्मिक कार्यको योगपनि छ ।

 

कर्कट – आज स्वास्थ्यमा प्रति सजक रहनु पर्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

 

कन्या – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट लाभ रहला।

 

वृश्चिक – शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम ढिलो हुनेछ ।

 

मकर – आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ ।

 

मीन-सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । नियमित खर्चसमेत बढ्ने योग छ ।