परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं,असार २७ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन आउन भन्दै सूचना जारी गरेको छ ।

 

संस्थान परीक्षा नियन्त्रण महाशाखाले २५ असारमा सूचना जारी गरेको छ, जबकी परीक्षा २९ असारदेखि तोकिएको छ । सूचनामा भनिएको छ, ‘उपत्यका प्रवेश गरीसकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्साशास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा बस्नुपर्नेछ । परीक्षा हुनुभन्दा एक हप्ता भित्र अनिवार्य पिसीआर जाँच गराएको हुनुपर्छ ।

 

काठमाडौं उपत्यका प्रवेश गर्न र पिजी अन्तिम वर्षको परीक्षामा सम्मीलीत हुने विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा तिनदिन अघि निर्देशन दिएपछि परीक्षामा संलग्न हुनुपर्ने विद्यार्थीहरु अलमलमा परेका छन् ।राजधानी दैनिकमा खबर छ।