राष्ट्रघाती शासकहरु र तराईमा डुबान !

नेपालका राष्ट्रघाती शासकहरुकै कारण वर्षायाममा हरेक वर्ष नेपालको तराई ( मधेस समेत ) को भूभाग डुबानमा पर्दै आएको छ ठूलो जनधनको क्षति हुदै आएको छ । यस वर्ष ( २०७७ साल ) पनि केही दिन पहिलेदेखि नेपालमा भारी वर्षा भइरहेको छ र २/४ दिनदेखि नेपालको हरेक क्षेत्रमा भारी वर्षा भइरहेको छ र मुसलधारे पानीका कारण पहाडी क्षेत्रमा मुसलधारे पानी परेका कारण सिन्धुपाल्चोक , कास्की , लमजुङ , म्याग्दी , पश्चिम रुकुम  , जाजरकोट , पश्चिम रुकुम , सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अविरल  र  भीषण बाडी – पैरो गएर  २६ जनाको मृत्यु भैसकेको छ भने २० जना अझै २० जना विपत्ता रहेका छन् र ठुलो जनधनको   क्षति भइरहेको छ । 

पहाडी जिल्लाहरुमा भारी वर्षा भै दिनरात मुसलधारे पानी परिरहेका कारण नदी – नालाहरु बढेर तराई ( मधेस ) का सिराहा , सप्तरी ,जनकपुर , महत्तोरी ,रौ लगायतका तराईका जिल्लाहरु डुबानमा परिरहेका छन् र त्यहाको मानव जीवन अस्तव्यस्त र त्रसित बनिरहेको छ ।

 

त्यस्तै नारायणी नदि बढेर चितवनको  रामघाट भन्दा अगाडि को बस्तीका  आसपासका बासिन्दाहरुलाई सुरक्षित स्थानहरुमा सारिएको छ र नारायणी नदीको भैसालोटन बाँधका धेरै ढोकाहरु खोलेर पानी भारततिर बगाइएको छ । भारी वर्षाका कारण तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा डुबानको जोखिममा परेका मानिसहरुला ठूलो संख्यामा अनेत्र सुरक्षित स्थानहरुमा स्थानान्तरण गरिएको छ ।
 
 
अविरल वर्षाका कारण कोसी नदीमा पानीको बहाप खतराको प्वाइन्ट भन्दा उच्च रहेकोले कोसी बाँधेका ३८ ढोका मध्ये २६ ढोकाहरु खोलेर पानीको बहाप घटाइएको बताइएको छ । आज समग्र तराई ( मधेस ) जनजीवन त्रसित र भयावह अवस्थामा रहेको छ ।
 
 
विगत कालदेखि नै हाम्रो देश नेपालका शासकहरु राष्ट्रघाती गध्दार बन्दै आएका कारण नै नेपालको तराईको विभिन्न भूभाग डुबानमा पर्दै आएका छन् र वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।
 
 
किनभने हाम्रो देशका शासकहरुले कोसी , गण्डकी , महाकाली जस्ता ठूला नदिहरुमा नेपाल र भारतको सिमानामा नेपालकै भूभाग मिचेर बाँध बाँधेर साथै नेपाललाई अहित हुने गरी राष्ट्रघाती सन्धि संझौता गर्दै आएका कारण  नेपालको तराईको भूभागमा गंभीर प्रकारको राष्ट्रघात , जनघात गर्दै असमान सन्धि संझौता । बाँधहरु बाँध्दै आएका कारण नेपालको समग भूभागहरु वर्षाका यनममा डुबानमा पर्ने जान्छन् र ठूलो जनधनको क्षति हुदै आएको छ ।
 
 
हाम्रो देश नेपालमा सानाठूला गरी करिब ६ हजार  जति नदी नालाहरु रहेका छन्  । जस मध्ये कोसी , गण्डकी ,राप्ती , भेरी , कर्णाली , महाकाली नदीहरु सिधै भारत तिर बगेर जान्छन् । यसका अतिरिक्त अरु साना नदी नालाहरु पनि नेपालको सिमाना भएर भारततिर बग्दछन् । 
 
 
जस्तो कि रौतहटको सिमानामा , नवलपरासीको सुस्ता – महेषपुर , रुपन्देहीको , कपिलवस्तुको खुर्दलोटन , बाँके जिल्लाको लक्ष्मीपुर , बर्दिया  आदि तराईका जिल्लाहरुको सिमानामा भारतले एक पक्षीय ढंगले बाँधहरु बाँधेकाले वर्षायाममा नेपालको तराईको ठूलो भूभाग  डुबानमा पर्दै आउने गरेको छ र वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ ।
 
 
१०४ वर्षे , राणा शासकहरु , नेपाली काँग्रेस , राजाहरु , एमालेहरु , माओवादीहरु जसरी आलो पालो गरी नेपालको सत्ताको माथिल्लो स्थानमा पुगेर भारतीय विस्तारवादी शासकहरुको भक्त बन्ने , भारतीय विस्तारवादी शासकहरुको दलाली र चाकडी गर्ने र लम्पसार परेर सत्तामा पुग्ने र सत्तामा टिकिरहने आशाले भारतीय शासकहरुलाई नेपालका नदि नालाहरु सुम्पने गरेकोले भारतले आफ्नो हितमा र नेपालको अहितमा सिमानामा एक पक्षीय ढंगले बाँध बाँध्ने गरेकाले वर्षायाममा धाँध थुनि दिने गरेकोले नेपालमा डुबान भएर ठूलो क्षति हुने र हिउँदमा बाँध खुला गरि दिने भएकोले नेपाली भूमि सुख्खा हुदै आउने गरेको छ ।
 
 
यस्तो हुनुको मुख्य कारण नेपालका विगतदेखि वर्तमानसम्मका शासकहरु राष्ट्रघाती गध्दार हुनु र नालायक भएका कारण भारतीय विस्तारवादी शासकहरुमा सामु चू सम्म पनि गर्न नसकेकै कारण नेपालको राष्ट्रिय स्वाधीनता , सार्वभौमिकता , क्षेत्रीय अखण्डतामाथि भारतीय विस्तारवादले नेपालको सिमाना मिच्ने , जमिन अतिक्रमण गर्ने र नेपाललाई हेप्दै र थिचोमिचो गर्दै आएको छ ।
 
 
नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी जनताको जनवादी अधिनायकत्व हुदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरेर मात्र नेपाल राष्ट्रलाई मुक्त गर्न सकिनेछ र नेपाली जनता मुक्त हुनेछन् । त्यस पछि मात्र नेपाल र भारत बिच विभिन्न समयमा शासकहरुले गरेका असमान सन्धि संझौताहरु खारेज गरेर नेपाल र भारत दुबै देशलाई हित हुने गरी नयाँ आधारमा गरिने सन्धि संझौता पछि मात्र हाम्रो समग्र  तराई ( मधेस ) का भूभागहरु डुबान हुनबाट मुक्त हुनेछन् ।
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )