नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं,असार,२७ ।नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

 

कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। याे सँगै मृतककाे संख्या ३८ पुगेकाे छ।

 

कुन जिल्ला कति थपिए संक्रमित  

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित भेटिएका छन् ।

 

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थप भएका छन् ।

 

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । याे सँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ।