आज मिति २०७७ साल असार २८ गते आइतबार भगवानको दर्शन गर्नुहाेस् र राशिफल पढ्नुस्

मेष –आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अतस् बढी सचेत रहनुहोला ।

 

मिथुन- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

सिंह- जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

 

तुला- मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

 

धनु- आज मानो वांछित खनेकुरा पाईनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । अध्यात्मको भावना जाग्न सक्छ।

 

कुम्भ-हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको सङ्गतले फाइदा हुनेछ ।

 

वृष- अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

 

 

कर्कट -शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ ।

 

कन्या – आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपार्इंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

 

वृश्चिक –आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

 

मकर – आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवार संग समय बित्ने, मायाँ बढ्नेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

 

मीन –आज लाभदायक योजना बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल