नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६ जना संक्रमित

 काठमाडौं ,असार,२८ । नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण भेटिएकाे छ। ३ हजार ९ सय १६ जनामा   पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जानकारी दिएकाे छ।

 कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । 

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको छ ।

 

आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८ हजार ५ सय ८९ जना घर फर्किएका छन् । मृतककाे संख्या ३८ पुगेकाे छ।