सांसदलाई पहिलोपटक कोरोना संक्रमण पुष्टी

काठमाडौं,असार ३० ।कर्णाली प्रदेशका सांसदलाई पहिलोपटक कोरोना संक्रमण पुष्टी भएको छ ।

 

सोमबार पीसीआर परीक्षण गर्दा कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए ।

 

ती मन्त्रीका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको पनि जानकारी दिए ।

 

एक जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अब सबै सांसदहरूकाे पिसीअार परिक्षण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनु भयो । पाेजेटिभ  रिपोर्ट अाए पछि उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, ती मन्त्रीले भने ।

 

यस अघि स्थानीय तहका जनप्रतिनिधिमा भने कोरोना संक्रमण पुष्टी भइसकेको छ।