आज मिति २०७७ साल असार ३१ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन –आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमापनि सफलता मिल्नेछ ।

सिंह –परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

तुला- आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

धनु-आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ – आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मानपनि पाईनेछ ।

वृष –दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

कर्कट –आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या- आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

वृश्चिक –दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ । मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चापनि चल्नेछ ।

मकर –बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन –आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । –