भोलिदेखि साझा यातायातले ८ वटा रुटमा २६ वटा बस सञ्चालनमा ल्याउने,कुन-कुन रूटमा सञ्चालन हुदैछन् त?

काठमाडौं,असार,३१ ।भाेलि बिहीबारदेखि साझा यातायातले सेवासुचारू गर्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेले बताए।

काेराेनाले गर्दा अहिले संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस सञ्चालन गर्ने पाण्डेले बताए। लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस सञ्चालन गरिने छ। साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा दिने छ।

 

सरकारले तोकेका सबै मापदण्ड पालना गरिने छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।

 

त्यस्तै सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन्।

  
‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा भाैतिक दूरी कायम गरेर बस्न पनि आग्रह गरिने छ । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना रहेकाे पनि उनले जानकारी दिएका छन् ।