आज मिति २०७७ साल साउन १ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष –आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

मिथुन- आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमापनि सफलता मिल्नेछ ।

 

सिंह- परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

 

तुला- आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

 

धनु – आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

 

कुम्भ – आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मानपनि पाईनेछ ।

 

वृष- दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

 

कर्कट- आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

 

कन्या –आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

 

वृश्चिक- दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ । मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चापनि चल्नेछ ।

 

मकर- बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

 

मीन –आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।