नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि,२१३ जना डिस्चार्ज,कुन–कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,साउन,१ ।  थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन–कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जना, नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६ जना,झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक/एक जनामा कोरोना  संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

याे सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ भने ११ हजार २४९ जना निको भएर घर फर्किएका छन् ।उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ।