आज मिति २०७७ साल साउन २ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष- समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा मन जानेछ ।

 

मिथुन-आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चन्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

 

सिंह –आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ ।

 

तुला- सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजक रहनु होला ।

 

धनु –बान्धव बाट सहयोग मिल्नेछ । आºनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

 

कुम्भ –शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यसंग भेटघाट हुनेछ ।

 

वृष –आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

 

कर्कट – आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ला । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

 

कन्या – आज मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

वृश्चिक- आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ।

 

मकर- सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ।

 

मीन-बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ।