थप १०१ जनामा कोरोना संक्रमण पुष्टि,संख्या १७ हजार ४ सय ४५ पुग्यो, कुन जिल्लामा कति छन् संक्रमित

काठमाडाै,साउन २।  नेपालमा थप १०१ जनामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको छ। अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ गेको छ।

 शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।अहिले क्वारेन्टिनमा २२ हजार सात सय ५६ मानिस रहेको गौतमले जानकारी दिए।

कुन जिल्लामा कति छन् संक्रमित

 संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

 कोरोना भाइरसले थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।