एउटा मास्कको मूल्य १० लाख ?

 जापानको राजधानी टोक्योमा कोरोना भाइरसलाई चिन्ता यथावत नै छ । यसबीच एक चर्चित डिजाइनरले आफनो रचनात्मक क्षमता देखाएकी छन् ।

 

डिजाइनरले मुल्यवान सक्कली मोतिबाट अत्यन्तै आकर्षक मास्क तयार गरेकी छन् । मास्कको मुल्य पनि करिब १० लाख यन भन्दा बढी नै छ । रिको कवनिशीले आफनो कम्पनी उनका पिताले विगत ३५ बर्षदेखि टोक्योमा सजावटका सामान बनाउने काम गरिरहँदा शुरु गरेकी थिइन् ।

 

साउथ चाइना पोस्टलाई रिकोले भनिन् , म एउटा त्यसतो कुरा बनाउन चाहन्छु, जसले जापानको सुन्दरता झल्काओस । त्यसका लागि मैले बनाउने बस्तुमा मोतीको प्रयोग हुने छ र मैले कोरोनाका कारण एक फन मास्क बनाउने योजना बनाए ।

 

सक्कली मोतीका मास्क बनाउन ३ दिन लाग्छ । यसका लागि फरक फरक साइजका ३ सय १० सक्कली मोतीलाई एक मास्कमा उनिन्छ । अकोया मोती सामान्यतया माला बनाउनमा प्रयोग हुन्छ तर रिकोले भनिन् , जब मैले मोतीलाई आफनो अनुहारमा लगाएँ, मेरो स्किन राम्रो देखियो । रिकोले यसलाई त्यसरी तयार गरेकी छन्, जब त्यसलाई अनुहारबाट हटाइन्छ यो घाँटीमा माला जस्तो देखिनेछ ।

 

यसअघि पाकिस्तानमा पनि एक डिजाइनरले बनाएको ब्राइडल मास्क चर्चित भएको थियो । उक्त मास्कले भाइरसबाट सुरक्षा दिने मात्र नभइ हेर्दा पनि अत्यन्त आकर्षक देखिन्थ्यो । यो मास्कलाई दुलहीको पहिरणसँग मिल्ने गरी बनाइरहेको छ । उक्त ब्राइडल मास्कलाई क्रिस्टल, लेस आदीले सजाइएको छ । ३ देखि ४ हजार रुपैयाको उक्त मास्क पाकिस्तानी दुलहीहरुले अत्यन्त रुचाएका छन् । एजेन्सी