क्रान्तिकारी माओवादी निकट चार संगठनले गरे कवि वरवर रावको रिहाइको जोडदार माग

काठमाडौं,साउन २। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारी , अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणी दुःखी , राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन, नेपालका अध्यक्ष हुकुम बहादुर सिंह र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले झुठा मुद्दामा फसाएर सन २०१८ देखि जेल जीवन बिताइरहेका भारतका चर्चित जनपक्षीय तथा क्रान्तिकारी कवि वरवर रावको रिहाइको जोडदार माग गरेका छन ।

जीवनका ४० वर्ष तेलगु साहित्यको प्राध्यापन, १५ वटा कवितासंग्रहका रचयिता तथा भारतको क्रान्तिकारी आन्दोलनमा ६० वर्षदेखि समर्पित व्यक्तित्व ८१ वर्षीय वरवर राव भारतीय सरकारद्वारा झुठा मुद्दामा फसाइएर २०१८ देखि जेलजीवन बिताइरहेको उल्लेख गर्दै वक्तव्यमा अन्य आधा दर्जन भारतीय जनपक्षीय बुद्धिजीवी तथा अधिकारकर्र्मीहरूसँगै गिरफ्तार गरिएका क। रावको स्वास्थ्य केही समययता अत्यन्त नाजुक बन्दै गएको र सरकारले उनको स्वास्थ्यप्रति हदैसम्म असंवेदनशील भई एक प्रकारले जेलमै उनको प्राण लिन खोजेको भन्दै कवि रावको रिहाइको जोडदार माग गरिएको छ ।

कवि रावका परिवारजन, भारतीय जनपक्षीय बिद्धिजीवीहरू लगायत विश्वका ९८ प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकहरूले वरवर रावको रिहाइको माग गरेर विज्ञप्ति निकालेको र नेपालका संस्कृतिकर्र्मी तथा बुद्धिजीवीहरूबाट उनको रिहाइका लागि आवाज उठाउने काम भएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ,पछिल्लो समाचार अनुसार स्वास्थ्यको नाजुक अवस्थाकै बिच उनी कोविड १९ (कोरोना)बाट सङ्क्रमित भएका छन र पनि भारतीय सरकारले उनको उपचार र जीवनरक्षाप्रति कुनै चासो देखाएको छैन । यसबाट पनि सरकार संवेदनशील छैन र क्रान्तिकारी चेतना राख्नेहरूमाथि क्रूर अमानवीय दमनकै बाटो अँगाल्न खोजिरहेको छ भन्ने स्पष्ट हुन्छ । यो कम्तीमा पनि संसारभरिकै न्यायप्रेमी तथा जनपक्षीय सोच राख्ने मानिसहरूका लागि गंभीर चासो र चिन्ताको विषय हो । यसले हामीलाई पनि अत्यन्त गम्भीर बनाएको छ ।

शुक्रबार (२०७७–०४–०२मा)जारी गरिएको वक्तव्यमा भनिएको छ, “हामी भारतीय सरकारको यो अमानवीय व्यवहारको घोर भत्र्सना गर्दछौं र कवि रावको रिहाइ तथा जीवन रक्षार्थ आवाज उठाइरहेका रावका परिवारजन, भारतीय न्यायप्रेमी व्यक्तित्वहरू तथा संसारभरकै बुद्धिजीवीहरूसँग ऐक्यबद्धता प्रकट गर्दै हामी कवि वरवर रावको अविलम्ब रिहाइ गरी कोभिड १९ को उपचारको आवश्यक व्यवस्था मिलाउन भारतीय सरकारसँग जोडदार माग गर्दछौं ।