थप ५७ जनामा कोरोना संक्रमण पुष्टि , एक सय ३ जना डिस्चार्ज,कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं,साउन ३ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । नियमित पत्रकार सम्मेलनका क्रममा  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको जानकारी दिएका छन्।

 

कोरोना निको भएर  १०३ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ। 

कुन जिल्लामा कति थपिए संक्रमित  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १३ जना,मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका तीन र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ जना,इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।