आज मिति २०७७ साल साउन ४ गते आइतबार भगवानको दर्शन गर्नुहाेस् र राशिफल पढ्नुस्

मेष- आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

 

मिथुन- सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजक रहनु होला ।

 

 

सिंह- आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने।

 

 

तुला – आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मानसिक चिन्तापनि बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला ।

 

धनु –बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।

 

कुम्भ- आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ ।

 

 

वृष-समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कर्कट – आज सामाजिक कार्यमा मन जाला । मनपरेको खनेकुराका परिकार खान पाईनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।

 

कन्या-सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

 

वृश्चिक –आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाईनेछ ।

 

मकर- आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ।

 

मीन –आज बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ।