नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति छन् संक्रमित,यी ८ जिल्लामा शून्य संक्रमित

काठमाडौं,साउन,४ । नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको जानकारी दिएकाे छ ।

 

  देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।आज कोरोना स‌ंक्रमण निको भएर ५८ जना घर फर्किएका  छन् भने हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

कुन जिल्लामा कति छन् संक्रमित

 स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै सप्तरीमा ३२ जना ,कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ जनामा,ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ जनामा,सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको छ ।

८ जिल्लामा शून्य संख्या

मन्त्रालयका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर पाँचथर धनकुटा रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्लामा हाल संक्रमित छैनन् ।त्यस्तै रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयका जानकारी दिएकाे छ।