काठमाडौं उपत्यकामैं पहिरोबाट एक जना युवाको मृत्यु

 

सांकेतिक तस्विर

काठमाडौं,साउन,५ । काठमाडौं उपत्यकामैं पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा  गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ।

काठमाडौं प्रहरी अनुसार उनको मृत्यु भएको पुष्टि गरेका छन् ।गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएर उनकाे मृत्यु भएकाे त्यहाँका वडा अध्यक्षले बताएका छन्।

 

 पहिरोले थिचेर कराएपछि उनकाे उद्रार १० मिनेटमै भए पनि उनकाे ज्यान जोगिन भने सकेन । नगरपालिकाका अनुसार विभिन्न ठाउँमा पहिरो गएकाे जानकारी दिएकाे छ।