नेपालमा थप १५० जनामा संक्रमण पुष्टि,६०९ जना घर फर्किए,कनु जिल्ला कति थपिए संक्रमित 

काठमाडौं,साउन ६। नेपालमा थप १५० जनामा  कोरोना संक्रमण   पुष्टि भएको छ। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाेे नियमित पत्रकार सम्मेलनका अनुसार मंगलबार कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

 

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।मृतकको संख्या ४० पुगेको छ।

कनु जिल्ला कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८/८ जना, चितवन र मकवानपुरमा ५/५ जना तथा कैलाली, बझाङ र डोटीमा ४/४ जनामा,मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २/२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।