लामो दूरीका सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन हुने

 कामठाडौं,साउन ६। मंगलबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात सरकारले असार २६ गतेदेखि छोटो दूरीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

 

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा.युवराज खतिवडाले निर्णय सुनाउँदै भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिए ।

 

   प्रवक्ता युवराज खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।