फिल्टरयुक्त एन–९५ मास्कले कोरोना रोक्न सक्दैन, यस्ता छन् रोक्न नसक्ने तथ्यहरू

काठमाडाैं। भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले छिद्रयुक्त एन–९५ मास्कले कारोना भाइरस रोक्न नसक्ने बताएका छन्।

मंगलबार ट्विटरमार्फत स्वास्थ्यमन्त्री डा.वर्धनले छिद्र यन्त्र राखिएको एन–९५ मास्क सुरक्षित नभएको कपडाबाट बनेको तीन तहयुक्त मास्क उपयुक्त हुने जानकारी दिएका हुन्।

 

‘भल्भवला एन–९५ मास्क कोरोना रोक्न सक्षम छैन,’ ट्विट गर्दै डा. वर्धनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई आग्रह छ– कपडाले बनेको तीन तहयुक्त मास्क लगाउनुहोस् र अरूलाई पनि यसमा प्रोत्साहन गर्नुहोस्।