धनुषाबाट पेस्तोल देखाएर ४ लाख पैसा लुटियो

जनकपुर,साउन ७।  धनुषाको कमला नगरपालिका-२ का धिरजकुमार अधिकारीको साथबाट उक्त रकम लुटिएको छ ।पेस्तोल देखाएर धनुषामा ३ लाख ७६ हजार  पैसा लुटिएको छ।

बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताएका छन।

 

जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अधिकारीको पैसा लुटिएको पुष्टि गरेको छ। घटनामा संलग्न भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।